24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

गाई तस्करी र हत्याकाे विरुद्धमा हिन्दू परिषदद्वारा वीरगंजमा प्रदर्शन

वीरगंज । हिन्दू परिषद नेपालले आज गाई तस्करी र हत्या बारे बिरगंजमा प्रदर्शन गरेको छ । वीरगंजकाे घण्टाघर देखी सुरु भएको र्‍याली माइस्थान, महाबिरस्थान, अलखियामठ, घडिअर्वा पोखरी हुदै नगर परिक्रमा गरी पुनः घण्टाघरमा आई कोणसभा परिणत भएको थिए ।

सभालाई सम्बोधन गर्दै परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेलले केहि माफिया र राजनीतिक दलको आड़मा देशमा गौ तस्करी भइरहेको बताउदै गाै तस्करी नरोकिए देश भरी नै आन्दोलन गर्ने बताए । बिरगंज क्षेत्रबाट भई रहेको गौ तस्करी बारे पर्साका सम्पूर्ण सुरक्षा निकायका प्रमुख एवं भारतीय दूतावास बिरगंजका जिम्मेवार ब्यक्तिलाई जानकारी गराएको बताउदै भारत बाट गौ ल्याई नेपालको सिमा हुदै पाकिस्तान, बांग्लादेश, भूटान गई रहेको र तस्करी हुदा समेत नेपाल सरकार उदासीन हुदा आश्चर्यजन भएको बताए ।

नेपालमा गौ तस्करी हुनु आफैमा लाज्मर्दो बिषय भएको बताउदै उनले यस बिषयले नेपालको नै बेइज्जत गराएको बताए ।नेपालमा गौ तस्करी र हत्या गर्ने ब्यक्ति वा समूहलाई कड़ा कारवाहीको माग पटेलले गरेका थिए ।

सभामा नेपाल जोतिष परिषदका केन्द्रिय सह-महासचिव पुरषोतम दुबे, रामराज परिषद नेपालका केन्द्रिय संयोजक धर्मेंद्र पटेल, हिन्दू स्वेम सेवक संघका कृष्णा चौरसिया, हिन्दू परिषद नेपालका केन्द्रिय महासचिव अनिरुद्ध सिंह, केन्द्रिय सदस्य श्रीराम उपाध्याय, संतोष सरार्फ लगायतकाले सम्बोधन गर्दै दोसीलाई कड़ा कारवाही गर्नु पर्ने र नेपालबाट गौ तस्करी बन्द गर्नु पर्छ भने विषयमा जोड़ दिएका थिए ।

र्‍यालीमा हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता, कोषाध्यक्ष संजय सरार्फ, केन्द्रिय सदस्यहरु सुरेश साह कानू, भरत सरार्फ, उमेश साह कानू, किरण अग्रवाल, सचितानन्द दुबे, पर्सा जिल्ला सचिव अंशु कुमार, प्रबक्ता नीरा झा, बिरगंज नगर अध्यक्ष प्रमोद सिंह सहित हिन्दूवादी अगुवाहरु डा. अनिल झा, बिष्णु पटेल, अरबिन्द साह, विशेश्वर पटेल, राजू साह तुरहा, राजेश्वर साह कानू, बिनोद साह कानू, अशेस्वर पटेल, कनैया सरार्फ सहित बिभिन धार्मिक संगठनका अगुवाहरुको सहभागिता रहेको थिए।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.190 sec. Memory consumption:81.48 mb