24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा अधारभुत फोटो पत्रकारिता तालिम आयोजना हुने

वीरगंज । नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखाको बैठक शनिबार सम्पन्न भएको छ । पत्रकार महासंघ पर्साका सभाहलमा  बसेको बैठकले आउदो फागुन १६,१७ र १८ गते प्रदेशस्तरीय अधारभुत फोटो पत्रकारिता तालिम वीरगन्जमा आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाल फोटो पत्रकार महासंघ र नेपाल पत्रकार महासंघको निर्णय अनुसार प्रदेश स्तरीय तालिम आयोजना गर्न लागिएकाे फाेटाे पत्रकार महासंघ पर्साका सचिव तिवारी यादवले वताए ।

फाेटाे पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहानको अध्यक्षतामा बसेकाे बैठकमा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, सचिव युवराज खडका, नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मी, प्रशिक्षण बिभाग प्रमुख कृष्ण गिरि लगायतको उपस्थिति रहेकोे थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.783 sec. Memory consumption:81.48 mb