वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका वडा नं.४ लहावरथकरीमा मंगलबार निःशुल्क आखाँ शिविर सम्पन भएको छ । वडा नं.४ को आयोजना तथा वीरगंज स्थित किरण आखाँ अस्पतालको प्राविधिक सहयोगमा शिविर भएकाे थियाे ।
श्री ब्रहमस्थान ने.रा.प्रा.वि. लहावरथकरीको प्रांगणमा भएकाे शिविरमा १ सय ४७ जनाको आखाँ परिक्षण गरिएको वडाध्यक्ष ढेडी प्रसाद यादवले वताए । जस मध्ये ७१ जनामा मोतियाविन्दु फेला परेको किरण आखाँ अस्पतालका नेत्र चिकित्सक डा.प्रभात यादवले वताए ।
आखा परिक्षण गरिएको मध्ये मोतिया विन्दु फेला परेका विरामीहरुलाई भोली (बुधबार) नै निःशुल्क शल्यक्रिया गरिने वडाध्यक्ष यादवले जानकारी गराए ।
प्रतिक्रिया लेख्नुहोस