36 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

लंगडी स्थित बाेर्डिङ्ग स्कुलमा चाेरी गर्ने चाेरहरु पक्राउ, फेला परे सामान

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ४ लंगडीकाे एक बाेर्डिङ्ग स्कुलमा चाेरी गर्ने चाेरहरु पक्राउ परेका छन् ।  ब्लु हेभेन एकेडेमी ब्राेडिङ्ग स्कुलमा भएकाे चाेरी आराेपमा धाेबिनी गाउँपालिका वडा नं. ३ गुलरिया निवासी १८ बर्षिय धनेश साह कानु र साेही ठाउँ निवासी १७ बर्षिय मत्रिका साह कानुलाई प्रहरीले पक्राउ गरेकाे छ ।

चाेरीमा संलग्न अर्काे एक जना साेही ठाउँ निवासी राहुल पटेल फरार रहेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए । उनकाे पनि खाेजी तलाश भइरहेकाे र उनी पनि चाडै नै पक्राउ पर्ने प्रहरी निरिक्षक सिंहले वताए ।

पुस १७ गते स्कुलमा रातीकाे समयमा कोहि नभएको माेकाछाेपी स्कुलकाे कार्यालय र लेखा शाखाकाे ताला हेक्सा ब्लेडले काटेर चाेरहरु चाेरी गरेका थिए । स्कुलको कार्यालय कोठामा रहेको डेस्टप ३ थान, सिप्यु २ थान लगायतका सामग्री चाेरहरुले चोरेर लगेका थिए । स्कुलमा रहेकाे सिसिटीभी समेत फुटाई चाेहरुहरुले चाेरी गरेका थिए ।

पक्राउ परेकाहरु प्रहरी समक्ष पाेखरियाबाट हेक्सा ब्लेड किनेर ल्याएर चाेरी गरेकाे व्यान समेत दिएका छन् । चाेरी गर्ने सामानहरु इन्डियमा लगेर बिक्रि गर्ने उनीहरुकाे याेजना रहेकाे पक्राउ परेकाहरु व्यानकाे क्रममा वताएकाे प्रहरीले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय लंगडीले दुबै जनालाई आइतबार पक्राउ गरेकाे हाे । हाल उनीहरुलाई इलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरासतमा राखी थप अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक सिंहले वताए ।

यता चाेरीमा संलग्नहरु पक्राउ परे पछि आइतबार राती चाेरी भएका सम्मानहरु फालिएकाे छ । गुलरिया स्थित स्कुलका संचालक सुदिल पटेलकाे घर अगाडी रातीकाे समयमा चाेरी भएका सामानहरु फालिएकाे प्रहरीले जनाएकाे छ ।

चाेरी भएका सामान मध्ये डेस्टप २ थान, सिप्यु एक थान, माउस २ थान, किवाेर्ड एक थान र पावर पल्क २ थान फालिएकाे अवस्थामा आज विहान फेला परेकाे प्रहरी निरिक्षक सिंहले वताए । पिडितहरु विहान उठेपछि घर अगाडी सामान देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका घरका सदस्यहरुले नै चाेरीकाे सामानहरु रातीकाे समयमा फालेकाे हुन सक्ने प्रहरी निरिक्षक सिंहले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:216. Generation time:5.631 sec. Memory consumption:82.51 mb