वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १० बजरंगटाेलमा जनमत पार्टी पर्साकाे पार्टी कार्यालयमा संचालनमा आएकाे छ । पार्टीकाे कामकाज गर्न र सम्पर्क कार्यालयकाे रुपमा वीरगंज आदर्शनगर स्थित बजरंगटाेलमा शनिबार देखी पार्टी कार्यालय संचालनमा आएकाे जनमत पार्टी पर्साका इन्चार्ज सराेज चाैरसियाले वताए ।
यसै बिच जनमत पार्टी पर्साका पदाधिकारी बैठक पनि सम्पन्न भएकाे छ । पार्टी कार्यालय मै बसेकाे बैठकमा विभिन्न स्थानिय तहमा जनपरिचालन समिति गठन गर्न सम्बन्धमा छलफल भएकाे थियाे ।
पर्सा इन्चार्ज चाैरसियाकाे अध्यक्षता र केन्द्रिय सदस्य संजय साहकाे विशेष उपस्थितमा बसेकाे बैठकमा महिला नेतृ अनिता रौनियार, सबु खातुन, पर्सा संयाेजक श्याम शंकर चाैरसिया लगायतकाे उपस्थिती रहेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस