Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

वलिदानी दिवसको अवसरमा स्वास्थ्यकर्मी फाेरमद्वारा फलफुल वितरण

spot_img
spot_img

वीरगंज । वलिदानी दिवसको अवसरमा आज नारायणी अस्पतालमा एक कार्यक्रमको विच फलफुल वितरण गरीएको छ । मधेशी स्वास्थ्यकर्मी फोरमको आयोजनामा अस्पतालका विभिन्न वार्डका विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य प्रदिप यादवले केन्द्र सरकारको मधेश प्रतिको हेराई नराम्रो भएको वताए । केन्द्र सरकारको मधेश प्रतिको नराम्रो हेराईका कारण मधेशको विकास हुन नसकेको उनको भनाई थियो ।

पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद यादवले त्यही कारण केन्द्र सरकार संग लडन आफुहरु सक्ति सन्तुलन गर्न लागि परेको वताए ।

स्वास्थ्यकर्मी फोरमका केन्द्रिय अध्यक्ष बालकिशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्यकर्मी फोरम प्रदेश २ का अध्यक्ष शिवशंकर यादव, मुख्य सचिव राजेश रौनियार, जिल्ला सचिव शत्रुधन यादव, कोषाध्यक्ष रमेश कुमार मेहता लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा मधेश आन्दोलनमा सहिद भएकाहरुको तस्बिर मालार्पण गरी श्रद्धान्जली अर्पण समेत गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...