Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

पर्साकाे ग्रामिण नाकाहरूबाट प्रहरीकै संलग्नतामा तस्करी

spot_img
spot_img

जिराभवानी । छिमेकी राष्ट्र भारतसँग सीमा जोडिएका नाकाहरूबाट प्रहरीकै संलग्नतामा तस्करी भइरहेको छ । भारतबाट अवैधरूपमा समान ल्याउने र नेपालबाट अवैधरूपमा भारत निकासी हुने मालसमानमा प्रहरीकै साँठगाँठ हुने गरेको छ ।

तस्करहरूले नेपालबाट मदिरा, गाईगोरु र भारततर्फबाट कसमेटिक समान, तेल, चिनी, कपडा, हार्डवेयरका सामान र बिजुलीका सामान नेपाल भित्र्याउने गरेको पाईन्छ, यी सबैमा प्रहरीको संलग्नता रहने गरेकाे स्थानियहरु वताउँछन् ।

सामान्य घरायसी प्रयोगको सामानमा प्रहरीले रोकटोक र जाँच कडा पार्ने गरेका छन् । तर सेटिङमा आएको सामानको कुनै जाँच नै हुँदैन । पछिल्लो समय प्रहरीकै संलग्नतामा खुला सीमामा तस्करी मौलाएको स्थानीयले वताएका छन् ।

स्थानियहरुका अनुसार जिल्लाको पश्चिमी नाका भिस्वा, दसौता, जानकीटोला, पान्डेपुर, पिडाडीगुठी, महादेवपटी शुवरणपुर, मालीबसती, बिजयबसती, ठोरी लगाएतका नाकाबाट दर्जनौं ट्रयाक्टर बालुवा, घरेलु मदिरा र गाईगोरु तस्करी भइरहेको छ ।

अवैध सामान भारत पठाउनका लागि अथवा भारतबाट नेपाल भित्र्याउनका लागि स्थानीय प्रहरी युनिट र जिल्लाबाट सादा पोषाकमा खटिएका प्रहरी तस्करसँग सेटिङ मिलाउने गर्छन् ।

दसावता नाकाबाट कपडा, सुर्ती र बिजुलीको सामान भित्र्याउन सशस्त्र प्रहरीसँग सेटिङ मिलेको स्रोतको दाबी छ । ति नाकाहरूबाट राति–राति तस्कारी भइरहेको समाचार स्रोतले जनाएकाे छ ।

सीमावर्ती क्षेत्रमा राति तस्करका समूहले माल सामान ढुवानी गर्ने स्थानीयले बताए । त्यसतै जिल्लाको उत्तरी नाकाका एक स्थानीयले बताए अनुसार जुनदिन मालसामान तस्करी हुन्छ त्याे रात्रि प्रहरी बाहिर देखा पर्दैनन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...