Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

बर्षमा एक पटक सबैले स्वास्थ्य परिक्षण गराउनु पर्छ : डा. कुर्मी

spot_img
spot_img

वीरगंज । वीरगंज १३ स्थित रहेकाे तराई हाँस्पिटल एण्ड रिसर्च सेन्टरले शुक्रबार पत्रकार सम्मेलन गरेकाे छ । हाँस्पिट मै भएकाे पत्रकार सम्मेलनमा वाेल्दै हाँस्पिटलका डा. राेशन कुर्मीले प्रदेश २ मा स्पेशलिस्ट कुनै पनि हाँस्पिटल नभएकाे वताए ।

स्पेशलिस्ट हाँस्पिट नभएकै कारण प्रदेश बाहिर उपचार गराउन जान्नु पर्ने वाध्यता रहेकाे वताए । यसका साथ प्रदेश नं. २ सुगम जिल्ला भएका पनि बाटाेघाटाे राम्राे नभएका कारण यहाँकाे वासीकाे स्वास्थ्य र उपचारमा समस्या भएकाे वताए ।

नेपाल सरकारकाे तथ्याँक अनुसार २० बर्ष भन्दा कम उमेर मै नेपालमा २७ प्रतिशत महिलाले बच्चा जन्माउने गरेकाे उनले जानकारी गराए । प्रदेश नं. २ का ५० प्रतिशतलाई टिभि राेगकाे इन्फेक्सन भइसकेकाे उनकाे भनाई थियाे ।

त्यसैले बर्षमा एक पटक सबैले आफ्नाे स्वास्थ्य परिक्षण गराउनु पर्ने उनकाे सुझाव थियाे ।

उनले एकै ठाउँमा सम्पूर्ण सेवा सुविधा प्रदान गर्नकाे लागि आफुले सेवाकाे लागि अस्पताल संचालनमा ल्याएकाे वताए । फरक फरक ठाउँमा उपचारकाे जानु पर्ने बाध्यता अन्त्य र कम पैसामा बढी उपचारकाे लागि अस्पताल संचालनमा ल्याएकाे उनकाे भनाई थियाे ।

पत्रकार सम्मेलनमा डा. कुर्मीकाे साथै डा. आनन्द चाैरसिया र अस्पतालका प्रशासन प्रमुख अजय गुप्ताकाे पनि उपस्थिती रहेकाे थियाे ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...