Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

वीरगंजमा ३ दिने योग शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज ।  जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र वीरगंजद्वारा आयाेजित ३ दिने योग शिविर आज सम्पन्न भएकाे छ । “राष्ट्रिय एकता : योगको सान्दर्भिक्ता” मुल नाराका साथ स्वास्थ केन्द्र वीरगंजमा भएकाे शिविर सम्पन्न भएकाे हाे ।

नेपाल आयूर्वेद स्वास्थकर्मी समाज पर्साको सहकार्यमा पौष २८ गते देखि सुरु भएको ३ दिने योग शिवीर सम्पन्न भएकाे स्वास्थ्य केन्द्र वीरगंजका प्रशासन प्रमुख तथा वरिष्ठ कबिराज निरिक्षक नागेन्द्र पटेलले वताए ।

पर्साका निमित प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे शविरमा उप-अनुसन्धान निर्देशक कुमार खड्का, बारा जिल्लाका आयूर्वेद प्रमुख डा. शिवशंकर राय, पर्साका डाक्टर रमेश मिश्रा लगायत कार्यालयमा कर्यरत कर्मचारी, पतंजली पर्साका पदाधिकारी, व्यापारी लगायत सर्वसाधारणको सहभागिता रहेको  थियाे ।

शिविरमा भारतिय राजदुतावास वीरगंजका योग गुरु श्री पार्थ सारथी, कृष्ण ज्यूले याेग प्रशिक्षण दिएका थिए भने सहयोगीमा धिरेन्द्र कुमार सिंह रहेका थिए ।

शिविर स्थल मै स्वास्थ्य केन्द्र वीरगंजकाे आयाेजनामा रक्तदान कार्यक्रम समेत भएकाे थियाे । साे कार्यक्रममा ९ जना पुरुषले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डले वताए । रक्त संचार केन्द्रकी डिली माया श्रेष्ठ नेतृत्वकाे टाेलीकाे प्राविधिक सहयाेग रक्तदान कार्यक्रम भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...