Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

कालिकामाईमा नेपाली कांग्रेसद्वारा एक पारालाईसीस राेगीलाई आर्थिक सहयोग

spot_img
spot_img

पर्सा । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ सेमरा टोलका एक पारालायसी राेगीलाई नेपाली कांग्रेसकाे वडा कमिटीले आर्थिक सहयोग गरेको छ । गरिब परिवारका पारालाईसीस राेगी कपी भगत पासवानलाई नेपाली कांग्रेस कालिकामाई गाउँपालिका वडा नं. ५ बिरन्चीबर्वा वडा कमिटीले रु ५ हाजार नगद सहयाेग गरेकाे हाे ।

आर्थिक अवस्था एकदमै न्युन र जग्गा मध्ये ३ धुर घडेरी मात्र रहेका पासवानलाई नेपाली कांग्रेस वडा कमिटीले सहयोग गरेको स्थानिय रमन महतो केवटले बताए । घरपरिवारमा काेई पनि कमाउन नसक्ने र आयआम्दानी पनि कुनै नरहेकोले नेपाली कांग्रेस पार्टी वडा कमिटीले सहयोग गरेको उनले जानकारी गराए ।

नेपाली कांग्रेस वडा किमीटीका बरिष्ठ सल्लाहकार रामप्रसाद चौहान, वडा कमिटीका उपाध्यक्ष छबीलाल राउत कम्कर, पपु तिवारी, असर्फी राउत, मदन महतो, जमुना महतो केवट लगायतकाले पासवाना कै  घरमा पुगी नगद सहयाेग गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...