पर्सा । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ सेमरा टोलका एक पारालायसी राेगीलाई नेपाली कांग्रेसकाे वडा कमिटीले आर्थिक सहयोग गरेको छ । गरिब परिवारका पारालाईसीस राेगी कपी भगत पासवानलाई नेपाली कांग्रेस कालिकामाई गाउँपालिका वडा नं. ५ बिरन्चीबर्वा वडा कमिटीले रु ५ हाजार नगद सहयाेग गरेकाे हाे ।
आर्थिक अवस्था एकदमै न्युन र जग्गा मध्ये ३ धुर घडेरी मात्र रहेका पासवानलाई नेपाली कांग्रेस वडा कमिटीले सहयोग गरेको स्थानिय रमन महतो केवटले बताए । घरपरिवारमा काेई पनि कमाउन नसक्ने र आयआम्दानी पनि कुनै नरहेकोले नेपाली कांग्रेस पार्टी वडा कमिटीले सहयोग गरेको उनले जानकारी गराए ।
नेपाली कांग्रेस वडा किमीटीका बरिष्ठ सल्लाहकार रामप्रसाद चौहान, वडा कमिटीका उपाध्यक्ष छबीलाल राउत कम्कर, पपु तिवारी, असर्फी राउत, मदन महतो, जमुना महतो केवट लगायतकाले पासवाना कै घरमा पुगी नगद सहयाेग गरेका हुन् ।