Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

घरभाडा नतिरीकन अक्राे घरमा नापी कार्यालय पर्सा सर्‍याे : घरधनी

spot_img
spot_img

वीरगन्ज : वीरगंज-४ विर्ता स्थित सिमा देवी पटेलकाे घरमा संचालन रहेकाे नापी कार्यालय पर्सा घरबहाल कर नै नतिरीकन अक्राे घरमा सरेकाे घरधनीले गुनासाे गरेका छन् ।

२०७४ जेठदेखि नापी कार्यालय पर्साले आफ्नाे कार्यालय संचालनकाे लागि विर्ता स्थित सिमाकाे दुई तल्ले घर भाडा लिएकाे थियाे । उक्त भाडाकाे घरमा सञ्चालन हुदै आएकाे नापी कार्यालय गत मंसिर अन्तिम सातादेखि वीर्ताकै अर्को घरमा सरेको छ।

नापी कार्यालय अक्राे घरमा सरे पनि मेराे ३ महिनाको घर बहालका साथै विद्युत र पानीको महशुल नतिरेको घरधनी सीमा पटेलका श्रीमान् श्यामबाबु पटेलले सोमबार पत्रकार सम्मेलन गरेर गुनासो गरेका हुन्।

५ वर्षका लागि मासिक ४५ हजार रुपैयाँ भाडा दिने लिखित सहमती गरी नापी कार्यालय सन्चालनका लागि घर भाडामा दिए पनि सम्झौता तोडेर गत मंसिर अन्तिम साता आफुलाई खबर नै नगरी घर खाली गरेर अर्कै घरमा कार्यालय सरेकाे उनले सम्मेलनमा गुनासाे गरे ।

३ महिनाको घर भाडा १ लाख ३५ हजार, बत्ती महशुलको १५ हजार र खानेपानीको महशुल ३५ हजार गरी १ लाख ८५ हजार रुपैयाँ नापी कार्यालयले अहिलेसम्म पनि नतिरेकाे उनले आराेप लगाए ।’

लिनु पर्ने बाँकी रकम भुक्तानीका लागि नापाी कार्यालयका प्रमुख रामविनय सिंहलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नगरेपछि आफुले जिल्ल प्रशासन कार्यालय पर्सामा उजुरी समेत दिएकाे पटेलले बताए।

घरबहाल दिने बेला गरिएको सहमतीपत्रमा घर खाली गर्नु परेमा घरको रंगरोगन र मर्मतसम्भार गरेर मात्रै खाली गर्ने सम्झौता भएता पनि नापी कार्यालयका प्रमुख सिंहले घरको मर्मत सम्भार र रंगरोगन नगरी अर्कै घरमा कार्यालय सारेको पटेलले बताए।

यता नापी कार्यालयका प्रमुख राम विनय सिंहले भाडा वापतकाे रकम दिदा घरसाहु पटेलले लिन नमानेकाे वताएका छन् । सिंहले घरधनी पटेलले नै बाँकी रहेको घरभाडाको रकम बुझ्न नमानेकाले चेक काटेर जिल्ला प्रशासन कार्यालयमा पठाइदिएको दाबी गरे।

घरबहालका लागि गरिएको सहमति पत्रमा घरको रंगरोगन गर्ने उल्लेख नभए कारण रंगरोगन नगरिएको कार्यालय प्रमुख सिंहले वताए । घरभाडाकाे पांच बर्षकाे सम्झाैता भए पनि घरधनीले लिखित रुपमै घरखाली गर्न भने कारण अरु घरमा कार्यालय सारिएकाे सिंहकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...