20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

घरभाडा नतिरीकन अक्राे घरमा नापी कार्यालय पर्सा सर्‍याे : घरधनी

नापी कार्यालय पर्साले भाडा नतिरेकाे घर र घरधनी पटेल । तस्बिर : शम्भु कुमार सुमन

वीरगन्ज : वीरगंज-४ विर्ता स्थित सिमा देवी पटेलकाे घरमा संचालन रहेकाे नापी कार्यालय पर्सा घरबहाल कर नै नतिरीकन अक्राे घरमा सरेकाे घरधनीले गुनासाे गरेका छन् ।

२०७४ जेठदेखि नापी कार्यालय पर्साले आफ्नाे कार्यालय संचालनकाे लागि विर्ता स्थित सिमाकाे दुई तल्ले घर भाडा लिएकाे थियाे । उक्त भाडाकाे घरमा सञ्चालन हुदै आएकाे नापी कार्यालय गत मंसिर अन्तिम सातादेखि वीर्ताकै अर्को घरमा सरेको छ।

नापी कार्यालय अक्राे घरमा सरे पनि मेराे ३ महिनाको घर बहालका साथै विद्युत र पानीको महशुल नतिरेको घरधनी सीमा पटेलका श्रीमान् श्यामबाबु पटेलले सोमबार पत्रकार सम्मेलन गरेर गुनासो गरेका हुन्।

५ वर्षका लागि मासिक ४५ हजार रुपैयाँ भाडा दिने लिखित सहमती गरी नापी कार्यालय सन्चालनका लागि घर भाडामा दिए पनि सम्झौता तोडेर गत मंसिर अन्तिम साता आफुलाई खबर नै नगरी घर खाली गरेर अर्कै घरमा कार्यालय सरेकाे उनले सम्मेलनमा गुनासाे गरे ।

३ महिनाको घर भाडा १ लाख ३५ हजार, बत्ती महशुलको १५ हजार र खानेपानीको महशुल ३५ हजार गरी १ लाख ८५ हजार रुपैयाँ नापी कार्यालयले अहिलेसम्म पनि नतिरेकाे उनले आराेप लगाए ।’

लिनु पर्ने बाँकी रकम भुक्तानीका लागि नापाी कार्यालयका प्रमुख रामविनय सिंहलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नगरेपछि आफुले जिल्ल प्रशासन कार्यालय पर्सामा उजुरी समेत दिएकाे पटेलले बताए।

घरबहाल दिने बेला गरिएको सहमतीपत्रमा घर खाली गर्नु परेमा घरको रंगरोगन र मर्मतसम्भार गरेर मात्रै खाली गर्ने सम्झौता भएता पनि नापी कार्यालयका प्रमुख सिंहले घरको मर्मत सम्भार र रंगरोगन नगरी अर्कै घरमा कार्यालय सारेको पटेलले बताए।

यता नापी कार्यालयका प्रमुख राम विनय सिंहले भाडा वापतकाे रकम दिदा घरसाहु पटेलले लिन नमानेकाे वताएका छन् । सिंहले घरधनी पटेलले नै बाँकी रहेको घरभाडाको रकम बुझ्न नमानेकाले चेक काटेर जिल्ला प्रशासन कार्यालयमा पठाइदिएको दाबी गरे।

घरबहालका लागि गरिएको सहमति पत्रमा घरको रंगरोगन गर्ने उल्लेख नभए कारण रंगरोगन नगरिएको कार्यालय प्रमुख सिंहले वताए । घरभाडाकाे पांच बर्षकाे सम्झाैता भए पनि घरधनीले लिखित रुपमै घरखाली गर्न भने कारण अरु घरमा कार्यालय सारिएकाे सिंहकाे भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.021 sec. Memory consumption:81.42 mb