31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

चाेरी भएकाे माेटरसाइकल पाए पछि बैठा खुशी

पर्सा । ईलाका प्रहरी कार्यालय पोखरीया मातहतका प्रहरी युनिटहरु गस्तीलाई तिब्रता दिए पछि धामाधाम चोर, अभियुक्त र अपराधीहरु पक्राउ पर्न थालेका छन । गएराती पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर ५ सबैठवाबाट ७ दिन पहिला चाेरी भएकाे माेटरसाइकल प्रहरीले फेला परेकाे छ ।

भारतको पश्चिमी चम्पारणमा पर्ने सिक्टा निवासी सुनिल बैठाको एक हप्ता अगाडी चोरी भएको मोटरसाईकल सबैठवा गाउँमा फेला परेकाे हाे । सबैठवामा  सांझ ७ बजे माेटरसाइकल व्यवारिसे अवस्थामा फेला परे पछि स्थानियहरु प्रहरीलाई खबर गरेका थिए । त्यस पछि व्यवारिसे अवस्थामा फेला परेकाे माेटरसाइकल प्रहरी चाेकी सबैठवाले आफ्नाे नियन्त्रणमा लिएर इलका प्रहरी कार्यालय पाेखरियालाई बुझाएकाे थियाे ।

माेटरसाइकल बारे प्रहरीले अनुसन्धान गरी आज माेटरसाइकल धनी सिक्टा निवासी बैठालाई बुझाएको हाे । फेला परेकाे बिआर ०५ ए ८५४० नम्बरको १ सय ६० सिसिको अपाची रातो रंगको मोटरसाईकलको अगाडी र पछाडी दुबै तिर रहेको नम्बर प्लेट चाेरले उखेलेर फालेदिएका छन् ।

चाेरी भएकाे माेटरसाइकल सिक्टाका निवासी मोटरसाईकल धनी बैठाले पाए पछि खुशी भएका छन् । माेटरसाइकल पाएकाे खबर पाए पछि इलाका पहरी कार्यालय पाेखरियामा बैठा पुगी माेटरसाइकलकाे कागज देखाउदै आफ्नाे माेटरसाइकल बुझ्दै खुशी खुशि व्यक्त गरेका थिए ।

ईलाका प्रहरी कार्यालय पोखरीया मातहतका सबै प्रहरी युनिटहरुको केही दिन अगाडी बसेकाे बैठकमा डयुटीलाई सक्रिय बनाउन प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले निर्देशन दिएका थिए । त्यस पछि  प्रहरी कार्यालय पाेखरिया क्षेत्रबाट चोर, अपराधी, फरार अभियुक्तहरु समेत पक्राउ पर्न थालेका छन ।

केही दिन पहिला मात्र पाेखरियाकाे एक घरमा चाेरी गरेकाे चाेरलाई शनिबार इलाका प्रहरीले चाेरेकाे सम्मान सहित पक्राउ गरेकाे थियाे । यस्तै केही दिन भित्र मात्र दर्जनाै फरार अभियुक्तहरुलाई समेत प्रहरी कार्यालय पाेखरियाले पक्राउ गरि बुझाइसकेकाे छ ।

असल, कर्मठ र ईमान्दार प्रहरीले दोषी, अपराधी, चोर र अभियुक्तलाई नछाडने ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.880 sec. Memory consumption:81.51 mb