Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

मेयर सरावगीकाे विवादस्पद अभिव्यक्ति, विराेध गरे सभापति द्विवेदी

spot_img
spot_img

वीरगंज । वीरगंज उद्याेग वाणिज्य संघकाे साधारण सभामा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले विवादस्पाद अभिव्यक्ति दिएका छन् ।

भिस्वा हाेटमा शुक्रबार भएकाे साधारण सभामा शुभकामना मन्तव्य राख्दै मेयर सरावगीले वीरगंज २५ सिर्सियावासीहरुकाे सुक्खा बन्दरगाहकाे लागि अधिग्रहण गरिएकाे जग्गाकाे मुअबजा वापतकाे रकम मन्त्रालयले चाँडाे भन्दा चाँडाे निकास गरी विवाद समाधान गर्नु पर्ने वताए ।

अधिग्रहण गरिने जग्गाकाे मुअबजा सरकारले जति दिए पनि जग्गा धनीकाे लागि कम नै हुने वताउदै मेयर सरावगीले निर्धाण गरिए अनुसारकाे मन्त्रालयले रकम निकासा गरि दिए वितरण गरे पछि विवाद समाधान हुने वताएका थिए ।

साे लगतै नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले मेयर सरावगीकाे अभिव्यक्तिकाे विराेध गरे । मेयर सरावगी बाेल्ने क्रममै उनलाई राेकेर सभापति द्विवेदीले श्रीसियावासी उचित मुअबजाकाे मांग गर्दै आन्दाेलनमा रहेकाे वताए ।

उनले भने “तपाईले भने अनुसार निर्धाण गरिएकाे जग्गाकाे मुअबजा सिर्सियावासी लिदैनन् । र त्याे समस्याकाे हल हाेइन ।

साेही कार्यक्रममा सांसद प्रदिप यादवले पनि सिर्सियावासीकाे अधिग्रहण गरिएकाे जग्गाकाे उचित मुअबजा दिनु पर्ने वताए । उनले   अर्थमन्त्री संग भने “हालकाे चलन चलति अनुसारकाे मअबजा नदिने भए सिर्सियावासीहरुकाे लागि अरु ठाउँमा सरकारले जग्गा नै खरिद गरी बस्ती हस्तान्तरण गर्नु पर्छ ।”

प्रदेश सांसद ओमप्रकाश शर्माले सरकारले अधिग्रहण गर्ने जग्गाकाे मुअबजा निर्धारण गर्ने समय नै दिनु पर्ने वताए । निर्धारण गरिएकाे धेरै दिन पछि जग्गाकाे मअबजा दिने सरकारकाे कामले जग्गा धनीहरु मर्कामा पर्ने गरेकाे उनकाे भनाई थियाे ।

तर अर्थ मन्त्री डा. युवराज खतिवडाले सिर्सियावासीकाे जग्गा मुअबजाकाे बिषयमा केही पनि बाेलेन्न ।

सुक्खा बन्दरगाह र एकिकृत जांच चाेकीकाे बिचमा रहेकाे सिर्सियाकाे ६२ विगहा जग्गा बन्दरगाह बिस्तारकाे लागि सरकारले तिन बर्ष देखी राेक्का राखेकाे छ । साेही जग्गाकाे उचित मुअबजाकाे मांग गर्दै सिर्सियावासीहरु आन्दाेलन गर्दै आएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...