24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

गादीमाई साझेदारी वन ब्यवस्थापन समितीको बैठक सम्पन्न

पर्सा । पर्साको प्रस्तावित गादीमाई साझेदारी वन ब्यवस्थापन समितीको बिहिबार बसेकाे बैठकले ३ वटा महत्वपुर्ण निर्णय गर्दै सम्पन भएको छ ।

जिल्ला डिभिजन बन कार्यालय पर्सामा बसेको बैठकले समितीको कार्ययोजना बनाउन डिभिजन कार्यालय पर्साबाट बजेट मांग गर्ने र सहयोग गर्न निर्णय गरेकाे छ । साथै गादीमाई साझेदारी बन अन्तर्गत बिभिन्न खोलाबाट भइरहेकाे अब्यवस्थित रुपमा उत्खन्न र आईईको अलावा पनि ट्रेक्टरमा ढुवानी गरिरहेकोले नियम बिपरित नजान आग्रह गरेको छ ।

बैठकले अनियमित तरिकाबाट ढुवानी गर्दा रुख, बिरुवालाई नोक्सानीका साथै वातावरणमा पनि असर गर्ने भएकोले पर्साका सयौ कृष्कहरु प्रभावित हुने भएकोले अब्यवस्थित तरिकाले उत्खनन नगर्न आग्रह गरेको हो ।

गादी अन्तर्गत रहेका सुगीभारमा लगभग १२ बिगहामा पोखरी खन्नका लागी मांग समेत गरेको छ । साथै ढलेका र अब नोक्सान हुन लागेका दाउरालाई चिसोको मौसममा यसै समिती मार्फत सर्वसाधारणलाई बाडन अनुमति सहित निर्णय गरेको समिती सदस्य बसन्ती देवी थारुईनले बताइन ।

कृष्णमोहन यादवको अध्यक्षतामा बसेको बैठकमा सहरुम गदी, पुरन यादव, छठु साह, फरिन्द्र पटेल, पपु पटेल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नेपालमा पाेलियाे उन्मुलन भएपनि जाेखिम अझै कायम छ : चिकित्सकहरु

कालिका टाईम्स

कालिकामाई युवा समाजले आफ्नाे पहिलो वार्षिकाेत्सव मानव सेवा आश्रममा मनायाे

कालिका टाईम्स

महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी वीरगंजमा हुँदै

कालिका टाईम्स
SQL requests:215. Generation time:4.524 sec. Memory consumption:81.55 mb