21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा माघ ११ गते हुने माेटिवेशनल सेमिनारमा प्रबेश नि:शुल्क

वीरगंज । वीरगंजमा यही माघ ११ गते शनिबार एजुकेशनल माेटिवेशनल सेमिनार हुने भएकाे छ । साेसाइटी वेलफेयर कमिटी हेटाैंडाले वीरगंज स्थित राेयल पार्टी प्यालेसमा सेमिनार आयाेजना गर्न लागेकाे हाे ।

आयाेजक संस्थाले बुधबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै सेमिनामा प्रबेश नि:शुल्क हुने जनाएकाे छ । समिनारकाे प्रमुख वक्ताहरुमा वीरगंजका युवा नेता रहबर अन्सारी, ई. राजेश यादव, हरेराम अचार्य, प्रदिप कुमार साह, बासुलाल कर्ण लगायतका रहेकाे आयाेजक संस्थाका सचिव प्रदिप कुमार साहले वताए ।

प्रदेश नं. २ का ८ वटै जिल्लामा आयाेजना गरिने सेमिनार तेस्राे जिल्लाकाे रुपमा पर्साकाे सदरमुकाम वीरगंजमा आयाेजना गर्न लागिएकाे सचिव साहले वताए । उनले यस अघि धनुषाकाे जनकपुर र बाराकाे कलैयामा सेमिना सम्पन्न भइसकेकाे जानकारी गराए ।

एउटा जिल्लामा सेमिनार आयाेजना गर्न अनुमानित रु २ लाख खर्च भए पनि प्रबेश शुल्क नि:शुल्क गरिएकाे उनकाे भनाई थियाे । तिन सिफ्टमा आयाेजना गर्न लागिएकाे सेमिनारमा प्रति सिफ्ट ५ सय गरी १५ सय जनाकाे सहभागिता गराउने लक्ष्य रहेकाे साहले वताए ।

वीरगंज मुर्ली स्थित रहेकाे नेपाल पत्रकार महासंघ पर्साकाे भवनमा भएकाे पत्रकार सम्मेलनमा आयाेजक संस्थाका महम्मद असलम अली, सुनिल साह, जमिर राउत गद्दीकाे पनि उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.439 sec. Memory consumption:81.41 mb