20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगन्जको एक कपडा उद्योगमा भीषण आगलागी

वीरगन्ज । वीरगन्जको रेशमकोठीस्थित एक कपडा उद्योगमा भीषण आगलागी भएको छ ।

महानगरपालिकाको वडा नम्बर ५ रेशमकोठीस्थित जवाहिर गुप्ताको सरस्वती कपडा उद्योगमा भीषण आगलागी भएको हो ।

आगलागीका कारण उद्योगको सम्पूर्ण मालसमान जलेर नष्ट भएको छ ।

आगोलाइ वीरगन्ज महानगरपालिकाको २ वटा बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा निभाउने प्रयास भइ रहेको बारुण यन्त्रका अग्नि नियन्त्रक शेर बहादुर कार्कीले बताए ।

उद्योगमा अचानक साँझ साढे छ बजे आगलागी भएको थियो । आगो निभाउने प्रयास जारी रहे पनि अझै आगो निभाउन दुई घण्टा लाग्ने अग्नि नियन्त्रक कार्कीले बताए ।

बाटो साँघुरो भएका कारण बारुण यन्त्र घटनास्थलमा पुर्याउन नसेकोले आगो निभाउन समस्या भएको हो ।

काम सकाएर उद्योग बन्द गरि बाहिरबाट ताल्चा लगाएको उद्योगमा अचानक साँझमा आगलागी भएको थियो ।

आगलागीका कारण उधोगमा रहेको तयारी कपडा, मटेरियल र मेसिन लगायत करोडौंको माल समाल जलेर नष्ट भएको यकिन गरिए पनि यथार्थ बिवरण अहिके आउन सकेको छैन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.181 sec. Memory consumption:81.47 mb