वीरगंज । पाेखरिया नगरपालिकाकाे वडा नं. ९ शिवबर्वामा एक किशाेरीकाे आफ्नै परिवारका सदस्यहरुले हत्या गरेकाे खुलासा भएकाे छ । स्थानिय बिरेन्द्र महताे तात्वाकी १५ बर्षिय छाेरी पुनिता कुमारीकाे आफ्नै परिवारका सदस्यहरुले हत्या गरी जलाएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।
हत्या आराेपमा प्रहरीले मृतक पुनिताका काका २८ बर्षिय शंताेष महताे तात्वा, ३९ बर्षिय राजेन्द्र महताे तात्वा, आमा ३० बर्षिय शिवकली देवी र ड्राइभर पाेखरिया नपा वडा नं. ८ निवासी १९ बर्षिय सुबाेध भनिने जितेन्द्र यादवलाई पक्राउ पनि गरेकाे छ ।
प्रहरीले पुनिताकाे जलाइएकाे अवस्थामा आंशिक शव समेत फेला पारेकाे छ । प्रहरीले घटनाकाे बिस्तृत विवरण वा मृत्युकाे कारण बारे खुलाएकाे छैन । तर मृतक पुनिताकाे आंशिक शव जलाइएकाे अवस्थामा फेला परेकाे र साेमा संलग्न ४ जनालाई पक्राउ गरिएकाे प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।
गाउँ नजिकै रहेकाे खाेला किनारमा लगि शव जलाइएकाे अवस्थामा सरिरकाे केही भाग प्रहरीले फेला पारेकाे हाे । मृतक पुनिताका बुवा बिरेन्द्र फरार रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
४/५ दिन पहिला पाेखरिया बजारमा पक्राउ परेका मध्येका संताेश र एक सशस्त्र प्रहरी जवान बिच झगडा भएकाे थियाे । ई रिक्साकाे भाडाकाे बिषयमा झगडा हुदा प्रहरी जवान र उनकी आमा माथी शंताेष सहितकाे एक समुहले हातपात गरेका थिए । साेही दिन प्रहरीले संताेश सहित पाेखरियाका जय प्रकाश र शिवबर्वा निवासी सतेन्द्र चाैहानलाई पक्राउ समेत गरेकाे थियाे । तर साेही दिन प्रहरी हिरासतबाट संताेश भागन सफल भएका थिए ।
त्यस पछि प्रहरीले शंताेषलाई खाेजतलाश गर्दै आएकाे थियाे । खाेजतलाश कै क्रममा प्रहरीले एक दिन संताेशकाे घरमा पुगेकाे थियाे । कुटपिटकाे आराेपमा संताेषलाई पक्राउ गर्न उकाे घरमा पुगेका प्रहरीलाई देखे पछि गाउँमा पुनिताकाे हत्या बारे कानाफुसी सुरु भएकाे थियाे । साे कुरा प्रहरीलाई थाह भए पछि प्रहरीकाे अनुसन्धा झगडाबाट हत्या तर्फ माेडिएकाे थियाे ।
प्रहरीले साे घटनाकाे साेधपुछकाे लागि संताेषकाे बुवा र भाउजाे शिवकलीलाई नियन्त्रमा लिई इलाका प्रहरी कार्यालय पाेखरियामा ल्याएर राखे पछि घटना बारे खुलासा भएकाे थियाे ।
यसका साथै केही दिन पहिला पाेखरियामा भएकाे आगलगीकाे घटनाकाे रहस्य पनि खुलासा भएकाे छ । मंसिर ३० गते पाेखरियामा एकै दिन ८ ठाउँमा भएकाे आगलगीकाे घटना शंताेषले नै गराएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ । प्रहरीकाे ध्यान अन्यन्त्र माेड्न शंताेषले श्रृङ्खलाबद्ध रुपमा आगलगी गराएकाे हुन सक्ने आशंका गरिएकाे छ ।
केही दिन पहिला शंताेषकाे घरमा एउटा अझै आत्महत्याकाे घटना भएकाे थियाे । कार्तिक महिनामा शंताेषकी बुहारी १९ बर्षिय रंजिता देवीकाे पासाे लगाएकाे अवस्थामा शव बरामद भएकाे थियाे । त्यसकाे एक महिना पछि फेरी शंताेषकी भतिजीकाे हत्या भएकाे घटना बाहिर आए पछि प्रहरीले साे घटना सम्बन्धमा पनि अनुसन्धान थालेकाे बुझिएकाे छ ।
पक्राउ परेका संताेश नेपाली कांग्रेसका पाेखरिया नगर अध्यक्ष हुन् । उनी पहिला नगरपालिकाकाे सवारी करकाे टेन्डर लिएका थिए । साे टेन्डर खत्म भए पछि हाल आएर उनी छर सिमेन्टकाे व्यावसाय गर्दै आएका थिए ।