31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

छाेरीकाे ज्यान मारी गाडेकाे आराेपमा आमा सहित ४ जना पक्राउ

वीरगंज । आफ्नै छाेरीकाे ज्यान मारी गाडेकाे आराेपमा आमा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पर्साकाे पाेखरिया नगरपालिका वडा नं. ९ शिवबर्वाका बिरेन्द्र दास तात्वाकी १५ बर्षिय छाेरी पुनिता कुमारीकाे हत्या आराेपमा आमा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा मृतक पुनिताकी आमा शिवकली देवी, काका संताेश दास तात्वा, राजेन्द्र दास तात्वा र स्थानिय जितेन्द्र यादव रहेका छन् । मृतक पुनिताका बुवा बिरेन्द्र फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय पाेखरियाकाे टाेलीले आफ्नै छाेरीलाई ज्यान मारी गाउँ नजिकै रहेकाे खाेला किनारमा लगी गाडेकाे गाेप्य सुचनाकाे आधारमा अनुसन्धानकाे लागि चारै जनालाई पक्राउ गरेकाे हाे ।

पुनिताकाे  घर परिवारका सदस्यहरुले मिली ज्यान मारेकाे सुचनाकाे आधारमा अनुसन्धान गर्न चारै जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा लगिएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.709 sec. Memory consumption:81.51 mb