वीरगंज । तत्कालिन नेकपा एमाले निकट अनेरास्ववियु र तत्कालिन नेकपामा माओबादी निकट अनेरास्ववियु (क्रान्तिकारी) काे एकता पछि बन्नेकाे अनेरास्ववियुकाे केन्द्रिय समिति ३ सय ३५ सदस्यीय भएकाे छ ।
साविक अनेरास्ववियुबाट एक सय ८० जना र साबिक अनेरास्ववियु (क्रान्तिकारी) बाट एक सय ५५ जना प्रतिनिधित्व हुने गरी अनेरास्ववियुकाे केन्द्रिय कमिटिकाे टंगु लागेकाे हाे ।
जुन समितिमा पर्साबाट प्रभाकर गुप्ता, शिवम साह र माेहमद जुबेर आलम मनाेनित भएका छन् । तिनै जना साबिक अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थी नेता हुन् । साबिक अनेरास्ववियु पर्साबाट केन्द्रिय सदस्यमा एक जना पनि परेका छैनन् ।
अनेरास्ववियुका फ्याक्सन ईन्चार्ज हितमान साक्य, सह इन्चार्ज विनाेद ढकाल, संयाेजक एन महर र सह संयाेजक रंजित तामाङकाे उपस्थितमा बिहिबार बसेकाे फ्याक्स समितिकाे बैठकले केन्द्रिय समितिकाे टुंगाे लगाएकाे हाे ।
यस्तै बैठकले केन्द्रिय कमिटिकाे सचिवालय एक सय ११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय मनाेनित भएकाे छ ।