8 April 2025
KALIKATIMES.COM

लंगडीकाे एक बाेर्डिङ्ग स्कुलमा चाेरी

वीरगंजपर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडी चाेक स्थित रहेको ब्लु हेभेन एकेडेमी ब्राेडिङ्ग स्कुलमा बिहिबार राती चाेरी भएकाे छ ।

रातीकाे समयमा स्कुलमा कोहि नभएको अवस्थामा अज्ञात समुहले स्कुलकाे कार्यालय र लेखा शाखाकाे ताला हेक्सा ब्लेडले काटेर चोरी गरेका छन् । स्कुलको कार्यालय कोठामा रहेको डेस्टप ३ थान, सिप्यु २ थान लगायतका सामग्री चाेरहरुले चोरेर लगेका छन् भने सिसिटीभी फुटाई क्षतीग्रस्त बनाएको पडित स्कुलका संचालक सुदिल पटेलले बताए ।

शुक्रबार बिहान स्कुलमा जादा सामान चोरी भएको हेर्दा अच्चम लागेका प्रिन्सपल समेत रहेका संचालक पटेलले बताए । प्रहरीले घटना स्थलमा पुगी क्षतीपुर्तीको विवरण संकल गरी चाेरहरुकाे खाेजितलाशमा लागेकाे ईलाका प्रहरी कार्यालय लंगडीले जनाएको छ ।

इलका प्रहरी कार्यालय लंगडी नजिकै रहेकाे स्कुलमा चोरी हुनु दु:खद कुरा भएकाे स्थानियहरुले गुनासो गरेका छन । प्रहरीले गर्ने  रातीकाे समयकाे गस्तीमा चिसाे माैसमा कमी आएका कारण केही समय यता रुकेकाे चाेरीकाे घटना फेरी सुरु भएकाे हुन सक्ने स्थानियहरुकाे भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:7.720 sec. Memory consumption:82.5 mb