21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

भ्रमण बर्ष २०२० सफलताकाे लागि वीरगंजमा प्रभातफेरी

वीरगंज । भ्रमण बर्ष २०२० सफलताकाे लागि वीरगंजमा आज प्रभातफेरी निकालिएकाे छ । भिजिट मधेस नेपाल र होटेल, पर्यटन ब्यवसायी संघ वीरगन्जको संयुक्त आयोजनामा निकालिएकाे प्रभातफेरी सम्पन्न भएकाे हाे ।

वीरगंजकाे घण्टाघरबाट निस्केकाे प्रभातफेेरी नगर परिक्रममा पछि राेयल पार्टी प्यालेसमा पुगी सभामा परिणत भएकाे थियाे ।

सभामा वीरगन्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, भिजिट मधेशका राष्ट्रिय संयाेजक ओमप्रकाश सरार्फ लगायतकाले मन्तव्य राख्दै भ्रमण बर्षलाई सफल बनाउन सबैमा आग्रह गरेका थिए ।

भिजिट नेपालको लाभ तराई मधेस र पर्सा जिल्लामा पनि होस् भिजिट मधेशका संयाेजक सरार्फकाे भनाई थियाे ।

कार्यक्रममा नेपाल आर्मी, विभिन्न संघ-संस्थाको प्रतिनिधि, नर्सिङग क्यामपसका विद्यार्थी लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.454 sec. Memory consumption:81.41 mb