Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

प्रभु अस्पतालमा २ युवतीकाे मृत्यु भएकाे घटनाकाे छानविन भएन

spot_img
spot_img

वीरगंज । वीरगंज पानीटंकी स्थित रहेकाे प्रभु अस्पतालमा अप्रेशन मार्फत बच्चा जन्माएकी २ युवतीकाे मृत्यु भएकाे घटनाकाे छानविन हुन सकेकाे छैन । केही दिन पहिला अस्पतालमा प्रसुती गराएकी बाराको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती पंचराैता निवासी २५ बर्षिय सुनिता देबी र वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोल निवासी ३० बर्षिय अमृता श्रेष्ठको मृत्यु भएको थियाे ।

अस्पतालकी डा. लक्ष्मी थापाले पुस ८ गते मंगलबार राती सुनिताकाे अप्रशेन गरी बच्चा निकालेकी थिइन । पुस ९ गते बुधबार उनकाे पिसाब राेकिए पछि अस्पतालले उनलाई रेफर गरेकाे थियाे । रेफर पछि  भरतपुर लगिएकाे  सुनिताकाे पुस १० गते बिहिबार मृत्यु भएकाे थियाे ।

यस्तै वीरगंजकी अमृताकाे पुस ९ गते बुधबार विहान अस्पतालकी डा. थापाले नै अप्रेशन गरी बच्चा निकालेकी थिइन । डा. थापाकै निगरानीमा उनको सबै चेकजाँच भएको थियाे । उपचार कै क्रमा बुधबार दिउसाे १२ बजे अमृताकाे पनि अचानक पिसाब रोकिएकाे थियाे । त्यस पछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा साेही दिन अमृताकाे पनि मृत्यु भएकाे थियाे ।

मृतक दुबै जनाकाे आफन्तले अस्पतालकी डा. थापाकाे लापरवाहीले मृत्यु भएकाे आराेप समेत लगाए थिए । मृतकका आफन्तजनका अनुसार अप्रेशन गर्ने बेला कुनै नलि काटिएका कारण मृत्यु भएकाे थियाे । मृत्युकाे कारण बारे अस्पतालले पनि थाह पाउन नसके पछि अस्पतालले छानविनकाे लागि नेपाल मेडिकल काउन्सिललाई पत्रचार समेत गरेकाे थियाे ।

अस्पतालकाे लापरवाहीले दुबै महिलाकाे मृत्यु भएकाे समाचार विभिन्न संचार माध्यममा आए पछि अस्पतालका अध्यक्ष मनाेज कुमार गुप्ताले पुस १० नै मेडिकल काउन्सिललाई घटना बारे छानविन गरी पाउँ भनि पत्र लेखेका थिए ।

अच्मकाे कुरा त याे छ, अस्पतालले मेडिकल काउन्सिललाई पत्रचार त गर्‍याे तर दुबै मृतककाे शवकाे पाेस्टमार्टम गरिएन । घटना बारे स्थानिय प्रशासनलाई समेत जानकारी गराइएन । दुबै मृतककाे दाहसंस्कार समेत भइसकेकाे अवस्था छ ।

अब उपरान्त मेडिकल काउन्सिलबाट आउने छानविन टाेलीले केे काे आधारमा छानविन गर्ने हाे सबैकाे चासाेकाे बिषय भएकाे छ । आकी मेडिकल काउन्सिललाई पत्रचार घटनालाई दबाउन नाटक मात्र हाे ।

यस बिषयमा अस्पताल संग बुझ्दा मेडिकल काउन्सिलबाट आएकाे टाेलीले के काे आधारमा छानविन गर्छ भन्न नसिकने अस्पतालका मेडिकल डाइरेक्टर डा. अभिषेक आर्यालले वताए । उनले भने ” मेडिकल काउन्सिलबाट अहिले सम्म टाेली आएकाे छैन्, हामीले साेधेका पनि छाैं के के चाँही छ तपाईहरुलाई अनुसन्धानकाे लागि तर उहाँहरुले हाल सम्म वताई सक्नु भएकाे छैन ।” शवकाे पाेस्टमार्टम गराउने हाम्राे काम नभएकाे उनकाे भनाई थियाे ।

घटना भएकाे ४ दिन भइसक्दा पनि घटना बारे छानविन अगाडी नबढनुले सबैलाई अच्मित तुल्याएकाे छ । केहीले पावर र पैसाकाे बलमा घटनालाई दबाउने प्रयास भइरहेकाे आराेप समेत लगाइरहेका छन् । सम्बन्धित निकायले पनि छानविन अगाडी नबढाउनुले सबैलाई अच्मित तुल्याएकाे हाे ।

यता मृतकका आफन्तजनहरुले अस्पताल र अस्पतालकी डा. थापा विरुद्ध मुद्दा दिने तयारीमा रहेका छन् । हाल आफुहरु क्रिया कार्यमा व्यस्ता रहेका कारण त्याे कार्य सके लगतै घटना बारे छानविनकाे लागि उजरी दिने मृतकका आफन्तहरुले वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

सिमरामा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण

वीरगंज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा शनिबार सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफ्नै निवासबाट पक्राउ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौँको महाराजगञ्जस्थित आफ्नै निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले नियन्त्रणमा...

न्यूनचापीय प्रणाली कमजोर बन्दै, पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुने

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको जोखिम घटेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका...