Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

कालिकामाईमा महिला स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर विर्तामा शनिबार नि:शुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । श्री ने.रा.प्रा.वि. हरिहरपुरमा भएकाे स्वास्थ्य शिविरमा ४० जना गर्भावती महिला, ९९ जना अन्य महिला र ८४ जना पुरुष गरी २ सय २३ जनाले स्वास्थ्य परिक्ष गराएका छन् ।

कालिकामाई गाउँपालिकाकाे सहयाेग र सुनाैलाे नेपाल पर्साकाे आयाेजनामा भएकाे शिविरमा वीरगंज हेल्थ केयर हस्पिटका डा. एम. इजहार, डा. फिराेज अबजल, डा. रमुला साह, डा. नाैसाद अली, डा. कासिम अंसारी, डा. ईसतियाक अंसारी र डा. अखिलेश यादवले बिरामीहरुकाे चेक जाँच गरेका थिए ।

वडाध्यक्ष संजय पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंह, वडा सदस्य संजय प्रसाद, गाउँपालिकाका लेखापाल मन्दिप महताे, जाकिर हुसेन, स्वास्थ्य चाैकी हरिहरपुरका प्रमुख जमुना चाैरसिया, मंजु कुमारी देवी लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

आयाेजक संस्थाका अध्यक्ष अमाेद कुमार केवंटले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे सहजिकरण संस्थाका नरेन्द्र साहले गरेका थिए । शिविरमा स्वास्थय परिक्षण गराउने महिलाहरुलाई सेनेटरी पैड र गर्भवती महिलाहरुलाई हाेरलिस समेत वितरण गरिएकाे थियाे भने बिरामीहरुलाई नि:शुल्क औषधी समेत वितरण गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...