Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगंजमा आयोजित “शान्ति संवाद” सम्पन्न

spot_img
spot_img

वीरगंज जी.पी. कोईराला फाउन्डेशन पर्साले आज वीरगंजको आदर्शनगर स्थित रहेको अन्पूर्ण होटलमा आयोजना गरेको “शान्ति संवाद” कार्यक्रम सम्पन्न भएको छ । स्व. गिरीजा प्रसाद कोईरालाको नतृत्वमा माओबादी संग भएको वस्तृत शान्ति सम्झौताको १३ औं वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वोल्ने वक्त्ताहरुले शान्ति सम्झौता बारे चर्चा गर्दै शिखर पुरुष स्व. कोईरालाको कमि देशलाई महसुस भईरहेको वताएका छन् । कोइरालाले देशको लागि पुर्याएको योग्दान बारे समेत चर्चा गर्दै वक्त्ताहरुले देशले अभिभावक गुमाएको वताएका हुन् ।

sobhakar prajuli_kalikatimes

नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले शिखर पुरुष स्व. गिरजा प्रसाद कोईराला नेपालको गणतन्त्रको पिता भएको वताए । कोईरालाको नेतृत्वमा भएको वृहत शान्ति सम्झौताको कारण नै नेपालमा गणतन्त्र स्थापना भएको र तत्कालिन माओवादी राजनितिको मुल धारमा आएको उनको भनाई थियो । मुलुक नै द्वन्द्धमा डुबेको अवस्थामा कोईरालाले चालेको कदमले शान्ति स्थापना भएको वताउदै उनले कोईराला नेपाली कांग्रेसको अभिभावक मात्र नभई सबै पार्टीको अभिभावक  भएको वताए ।

नेकपाकी नेतृ एवं प्रदेश सांसद जवाला साहले स्व. कोईरालाको सम्झना गर्दा टुहरापन महसुस हुन गरेको वताईन । उनले भनिन देशले अभिभावक गुमाएका कारण सधै हामीलाई उहाँको कमि महसुस हुनेगर्छ । कोईरालाको नेतृत्वमा भएको शान्ति सम्झौताका कारण नै संविधान सभा मार्फत संविधान निर्माण भएको वताईन । उनले भनिन हामीले संविधान त वनाउन सफल भए तर अझै मधेशी, थारू र जनजातिको सवालमा संविधानमा केही कुराको कमि रहेको छ, त्यो हामीले पुरा गर्नु पर्छ ।

पूर्व मन्त्री समेत रहेकी नेतृ साहले अक्रो प्रसंगमा कुरा राख्दै साहले राम्रो कामको सपोट गर्नु पर्ने र गलतको विरोध गर्नु पर्ने वताईन । सरकारले गरेको राम्रो कामको सपोट गर्नु पर्ने उनको भनाई थियो ।

राजपाका महासचिव शिव पटेलले गिरजा प्रसाद कोईराला गए पछि त्यस्ता नेता हामिले खोजी रहेको वताए । उहाँले गरेको कामको नेपालमा मात्र नभई विश्व मै चर्चा भएको पटेलले वताए ।  अहिलेको अवस्थामा कुनै नेतामा बिश्वास नलागेको उनको भनाई थियो । उनले भने बृहत शान्ती सम्झौता जस्तै उहाकै पालामा अरु सम्झौता पनि भए तर उहांको निधन पछि खोई त कार्यन्वयन भएको, उहांले उठाएको सर्वपक्षीय भेला, एकताको प्रयास र मेलमिलापको सिधान्तहरु पनि लागु गर्नु पर्छ ।

जी.पी. कोईराला फाउन्डेसन पर्साका अध्यक्ष महम्मद सहाबुदिनको अध्यक्षतामा र नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री सुरेन्द्र चाैधरी, नेकपा पर्साका अध्यक्ष प्रभु हाजरा, राजपाका सह महासचिव नेजामुदिन समानी, समाजवादी पार्टीका केन्द्रिय सदस्य शशिकपुर मियाँ, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, महासमिती सदस्य प्रकाश उपाध्याय, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केशी लामिक्षाने लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन फाउन्डेसन पर्साका सचिव सरोज चैरसियाले गरेका थिए भने स्वागत मन्तव्य संतोश सिंहले राखेका थिए ।

karyapatra prastut_kalikatimes

कार्यक्रममा १० बर्षे सशस्त्र जनयुद्ध र विस्तृत शान्ति सम्झौतालाई समेटेर तयार पारिएको कार्यपत्र पत्रकार रितेश त्रिपाठी र कंचन झाले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहिद परिवारका ४ जनालाई सम्मानित समेत गरिएको थियो । पर्साका सहिद परिवारका श्रृष्ठी भण्डारी, मैयाँ गिरी, गिता कुँवर र हरेराम दासलाई कार्यक्रमका प्रमुख अतिथी र विशेष अतिथीहरुले फुलको माला लगाई र दोसाला ओढाई मायाँको चिनोले सम्मान गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...