Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

‘यो हावा किन चल्छ’ सार्वजनिक

spot_img
spot_img

प्रेमकथामा बनेको चलचित्र ‘लभ यू हमेशा’मा समावेश ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनिक भएको छ । मंसिर १३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको गीतको भिडियोमा नायक यशराज र कलाकार ऋचा थापालाई फिचरिङ गरिएको छ ।

भाष्कर प्रधानको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई यवन गुरुङले निर्माण गरेका हुन् । गीतमा सुधिर राई र मेलिना राइको स्वर, भासुको शब्द तथा संगीत छ । फिलिपिन्सको समुन्द्रमा यो भिडियो खिचिएको छ । रामजी लामिछानेले भिडियोको कोरियोग्राफी गरेका हुन् ।

यो चलचित्रको प्रदर्शन कात्तिक १५ गतेबाट दार्जिलिङ, सिलगुढी लगायतका स्थानमा भैरहेको छ । शिब ढकालको छायांकन रहेको चलचित्रमा गोपाल ढकाल, शिशिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ लगायतका कलाकारको अभिनय छ ।

https://www.youtube.com/watch?v=Kog0YNvtg-8

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन् । आज बिहान १०ः०० बजे...

वीरगंजमा अबदेखि वडा कार्यालयबाटै मालपोत कर संकलन गरिने

वीरगंज । वीरगंज महानगरपालिकाले नगरवासीलाई कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर संकलन गर्ने व्यवस्था लागू गरेको छ । महानगरपालिकाले जारी...