Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

शाहरुखकी छोरी सुहानाको पहिलो फिल्म ‘द ग्रे पार्ट अफ ब्लू’ रिलिज

spot_img
spot_img

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको पहिलो फिल्म ‘द ग्रे पार्ट अफ ब्लू’ रिलिज भएको छ । सुहाना खानको यो छोटो फिल्मले निकै प्रशंसा बटुलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । फिल्ममा सुहानाको अभिनयको पनि खुब तारिफ भइरहेको छ।

सुहाना खानले आफ्नो इन्स्टाग्राममा फिल्मको भिडिओ शेयर गर्दै आफ्नो पहिलो फिल्मको खुसीयाली मनाएकी छन् । छोटो फिल्म भए पनि यसको ‘क्रेज’ दर्शकमा निकै राम्रो परेको पनि सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मुख्य भूमिकामा देखिएकी सुहानाको यो पहिलो फिल्म उनकै कक्षाका साथीहरूले बनाएका हुन् । यो उनीहरूको ‘प्रोजेक्ट’ हो । केही समयअघि फिल्मको पोस्टर सुहानाकै समकक्षी थ्योडोर जिमीनोले आफ्नो इन्स्टाग्राममा शेयर गरेका थिए । बलिउड ‘बादशाह’की छोरी सुहानाको डेब्यू फिल्मका लागि प्रशंसकहरू निकै उत्साहजनक देखिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन् । आज बिहान १०ः०० बजे...

वीरगंजमा अबदेखि वडा कार्यालयबाटै मालपोत कर संकलन गरिने

वीरगंज । वीरगंज महानगरपालिकाले नगरवासीलाई कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर संकलन गर्ने व्यवस्था लागू गरेको छ । महानगरपालिकाले जारी...