Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

सांसद शर्मा र अध्यक्ष कलवार बिच कुटाकुट, कलवारलाई थप उपचारका लागि काठमाण्डाै लगियाे

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साका समानुपातिक प्रदेश संसाद ओमप्रकाश शर्मा र वीरगंज महानगरपालिका नगर कमिटिका अध्यक्ष भोला कलवार बीच कुटाकुट भएको छ ।

वीरगंज नगर सभा गृह (टाउन हल) सम्बन्धित विषयलाई लिएर विवाद हुँदा बुधबार बिहान दुवै नेता विच कुटाकुट भएको हो । वीरगंज आदर्शनगरस्थित रहेको बब्लु टि स्टलमा टाउन हलको विषयलाई लिएर प्रदेश सांसद शर्मा र नगर अध्यक्ष कलवार बीच भएकाे भना-भन उग्र रुप लिए पछि कुटाकुट समेत भएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

दुवै जना उपचारकाे लागि नारायणी अस्पताल वीरगंजमा भर्ना भएका थिए । उपचार पछि प्रदेश सांसद शर्मा घर फर्के पनि कलवार पहिला देखी नै ब्लडप्रेसरका बिरामी रहेकाले उनकाे स्वास्थ्यमा समस्या देखिए पछि थप उपचारकाे लागि उनलाई काठमाण्डाै लगिएकाे छ ।

दुबै जना विच एक बर्ष पहिला देखी नै टाउन हलकाे बिषयमा विवाद हुदै आएकाे थियाे । साेही विवाद आज उग्र रुप लिदा दुबै नेता विच कुटाकुट समेत भएकाे कांग्रेस निकट स्राेतले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...