Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सेली पत्रकाहरुकाे भेला, पत्रिका वग्रीकरणकाे व्यवस्था हुुलाक मार्फत मिलाउन माग

spot_img
spot_img

वीरगंज । पर्सेली सन्चारकर्मी तथा पत्रकारहरुकाे भेला आज वीरगंजमा सम्पन्न भएकाे छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा भएकाे पर्सेली पत्रकारहरुकाे भेलाले पत्रिका बग्रिकरणकाे व्यवस्था जिल्ला हुलाक मार्फत हुनु पर्ने निर्णलय गरेकाे छ ।

भेलामा पत्रिका बग्रीकरणकाे साथ साथै लोक कल्याणकारी बिज्ञापनको भुक्तानी लगायतका अन्य काम कारवाहीहरु जिल्ला हुलाक कार्यालय मार्फत हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन लगायतका सम्बन्धित निकायलाई ध्यानआकर्षण गराउन ज्ञापन पत्र बुझाउने निर्णय भएको हाे ।

नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जाराको सभापतित्वमा भएको छलफल कार्यक्रममा स्थानिय तहमा भएका बिसंगती तथा सिमानाकामा हुने गरेका तस्करीलाई सन्चार माध्यमको माध्यमबाट न्युनिकरण गर्न जोड दिनुपर्नेमा बक्ताहरुले वताएका छन् । साथै प्रदेश सरकारको सन्चार सम्बन्धि विद्येयकको बारेमा समेत शंसोधन गर्नुपर्ने बक्ताहरुकाे भनाई छ ।

बर्गिकरणमा परेका पत्रिकाहरु बुझाउन जनकपुर जानुपर्ने र त्याँहा जाँदा पनि समयमा काम नहुने भन्दै सम्बन्धित जिल्ला हुलाकबाटै पत्रिकाको अभिलेख बुझाउने लगायतका काम सन्चालन गर्न दवाव दिने भेलाकाे निर्णय गरेकाे छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसि लामिछाने, पर्सा शाखा उपाध्यक्ष अनुप तिवारीका साथै स्थानिय पत्रपत्रिकाका प्रकाशक, सम्पादक तथा पर्सेली पत्रकार र सन्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमकाे सहजिकरण पत्रकार महासंघ पर्साका सचिव युवराज खड्काले गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...