Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026

कस्ताे छ सिद्धार्थ र रितेशकाे ‘मरजवां’ ?

अभिनेताद्वय सिद्धार्थ मल्होत्रा तथा रितेश देशमुखको नयाँ फिल्म ‘मरजावां’ आज शुक्रवारदेखि प्रदर्शन भएको हुदैछ । मिलाप जवेरीद्वारा निर्देशित यो फिल्ममा रकुल प्रीत तथा तारा सुतारिया अभिनेत्रीको रुपमा प्रस्तुत भएका छन् ।

- Advertisement -

मरजावां पूर्ण रुपले एउटा मसाला फिल्म हो, जसमा जोडदार एक्सन तथा प्रभावकारी संवादहरु समावेश गरिएका छन् । आम दर्शकहरुको मन जित्ने अपेक्षा गरिएको यो फिल्मले पहिलो दिन राम्रो आम्दानी गर्न सक्ने अनुमान गरिएको छ । बलिउडका व्यापार विश्लेषकहरुको अनुमान के छ भने यो फिल्ले पहिलो दिन ६ देखि ८ करोड भारतीय रुपैयाँसम्मको व्यवसाय गर्नेछ । फिल्मको व्यवसाय सम्बन्धि सामग्री प्रकाशित गर्ने पत्रिका सुपर सिनेमाका अनुसार यो फिल्मले  ७ देखि साढे सात करोड भारुसहित ओपनिङ गर्नेछ ।

मरजावां एक्सनले भरिएको एउटा रोमान्टिक फिल्म हो । यो फिल्ममा रितेश देशमुखको चरित्रलाई प्राथमिकतामा राखिएको छ । फिल्ममा रितेशले तीन फूटका होचा व्यक्तिको भूमिका निर्वाह गरेका छन्, जो खतरनाक छन् । नेपालको चेन फिल्म प्रदर्शक क्यूएफएक्सले यो फिल्मलाई आज शुक्रवार नै ३० भन्दा बढि शो दिएको छ ।

अभिनेता सिद्धार्थ मल्होत्राका लागि ‘मरजवां’ सफल हुन अत्यन्त अनिवार्य मानिएको छ, किनभने उनको लामो समयदेखि उनको अभिनय करियर धरमराइरहेको छ । यही वर्ष प्रदर्शन भएको उनको ‘जबरिया जोडी’ नराम्ररी फ्लप भयो । त्यसअघि अय्यारी, इत्तेफाक तथा जेन्टलम्यान जस्ता फिल्मले पनि खासै राम्रो व्यवसाय गर्न सकेका थिएनन् । त्यसअघि बार–बार देखो फिल्म पनि फ्लप भएको थियो । यस्तो अवस्थामा सिद्धार्थलाई बक्स अफिसमा सोलो हिरोको रुपमा आफैंलाई सावित गर्ने यो उत्कृष्ट मौका हो ।

अभिनेता रितेश देशमुखको कुरा गर्ने हो भने उनी ‘हाउसफुल–४’ का मुख्य अभिनेतामध्येका एक हुन् । यो फिल्म व्यवसायिक रुपमा सफल भैसकेको छ । रितेशले अधिकांश कमेडी तथा रोमान्टिक फिल्महरुमा काम गरेका छन् । यस्तो बेला ‘एक भिलेन’ पछिको उनको यो नयाँ चरित्रले दर्शकहरुलाई सिनेमा हलसम्म आकर्षित गर्न सक्ने छ । फिल्मकी अभिनेत्री तारा सुतारियाको यो दोस्रो फिल्म हो । उनले स्टुडेन्ट अफ द इयर–२ मार्फत बलिउडमा डेब्यू गरेकी थिइन्, जसको पहिलो फिल्ममार्फत सिद्धार्थले बलिउडमा आफ्नो यात्राको थालनी गरेका थिए ।

त्यसो त मरजावांको अगाडि अहिले पनि आयुष्मान खुरानाको ‘बाला’ का् चुनौती कायमै छ, जसले सिनेमा हलमा दर्शकहरुलाई आकर्षित गरिरहेकै छ । बाला अघिल्लो शुक्रवार प्रदर्शन भएको फिल्म हो । आजदेखि यो फिल्म दोस्रो सातामा प्रवेश गर्दैछ । यस्तो बेला आज शुक्रवारदेखि प्रदर्शन हुने मरजावांले पहिलो विकेण्डमै बालासंग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

नेपालको चेन फिल्म प्रदर्शक क्यूएफएक्सले यो फिल्मलाई आज शुक्रवार नै ३० भन्दा बढि शो दिएको छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पुजा पुस्तकले अभिभावकलाई छुट दिदैन तर विद्यालयलाई कमिशन दिन्छ

वीरगंज । वीरगंजका अभिभावकहरूले न्यु पुजा पुस्तक पसलले निजी विद्यालयका पाठ्यपुस्तक बिक्रीमा अभिभावकलाई कुनै पनि छुट नदिने गरेको गुनासो गरेका छन् । अभिभावकहरूका अनुसार वीरगंजका...

पोखरियामा बैश्य समाजकाे नगर समिति गठन

पोखरिया । पर्साको पोखरियामा सम्पन्न एक भेलाले बैश्य समाज पोखरिया नगर समिति सर्वसम्मत रूपमा गठन गरेको छ। कुल ९ सदस्यीय समिति गठन गरिएको हो। समितिको...

वीरगंज महानगरले भन्याे : आइतबार विद्यालय नखाेल्नु र किताब–ड्रेस बिक्री नगर्नु

वीरगंज । वीरगंज महानगरपालिकाले आइतबारका दिन पठनपाठन पूर्ण रूपमा बन्द गर्न संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ । संघीय सरकारले सरकारी कार्यालयसहित शिक्षण संस्थाहरू हप्तामा दुई...