Date
सोम, असार १, २०८३
Mon, June 15, 2026

दाेहराे नागिरकता लिएका विरुद्ध कारवाही भएन, समय लाग्ला : प्रजिअ

spot_img
spot_img

वीरगंज । दोहरो नागरिकता लिएर नेपाल बस्दै आएका नागरिकलाई मुलुकमा छानविनको प्रक्रिया कडाईका साथ अगाडि बढाई रहेको अवस्थामा वीरगन्जमा दोहरो नागरिकलाई बचाउने कार्य भइरहेको तथ्य फेला परेको छ ।

दोहरो तथा फर्जी प्रमाण पुरा गरि नागरिकता प्राप्त गरेकाहरुलाई जिल्ला प्रशासनले छानविन गरि कारवाही गर्नुपर्नेमा प्रशासनबाटै दोहरो नागरिकलाई बचाउने कार्य भइरहेको पाइएको छ । नेपाल भारत दुबै देशका नागरिकता लिएर वीरगन्ज आदर्शनगर – १० बस्दै आएकी एक महिला विरुद्ध नागरिकता छानविन गर्नका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको ४ महिना हुन लाग्दा पनि कारवाही हुन सकेको छैन ।

भारतको झारखण्ड राज्य धनवाद जिल्ला कतरास घर भई वीरगन्ज आदर्शनगर – १० निवासी राजेश खण्डेलवालसँग विवाह गरि नेपालको नागरिकता प्राप्त गरि दुबै देशका नागरिकता लिएर बस्दै आएकी छिन् । आदर्शनगर निवासी राजेश खण्डेलवाल झारखण्ड राज्य धनवाद जिल्ला कतरास निवासी शोभा खण्डेलवासँग विवाह गरि २०४६ सालमा खटेको नागरिकता टोलीमा नेपाल सरकारको वैैवाहिक अँगिकृत नेपाली नागरिकताको प्रमाणपत्र दिलाएका थिए ।

खण्डेलवालले आफ्नी श्रीमती शोभा खण्डेलवाललाई २०४६ साल असार २३ गते जिल्ला रौतहटबाट वैवाहिक अँगिकृत नागरिकता दिलाएका थिए । नेपाल सरकारबाट वैवाहिक अँगिकृत नागरिकता लिएकी शोभा खण्डेलवाल भारतीय नागरिकको प्रमाणपत्र त्यागेकी छैनन् । उनको हालसम्म भारतीय मतदाता सूचना केन्द्रमा नामावली रहेको छ ।

भारतीय मतदाता सूचना केन्द्रमा नाम शोभा देवी, राज्य झारखण्ड, विधानसभा निर्वाचन क्षेत्र बाघामारा – ४३, संसदीय निर्वाचन क्षेत्र गिरिदिह, भाग संख्या २००, मतदाता क्रमाँक २२९, पहिचान पत्र क्रमाँक जे.एस.एच. १२९८८२७ रहेको छ । उनी भारत र नेपाल दुबै देशका नागरिकता लिएर नेपालमा बस्दै आएकी छिन् । विवाह पश्चात भारतको नागरिक्ता रद्द गराई नेपालको नागरिकता प्राप्त गर्नुपर्नेमा त्यसो नगरी दुबै देशको नागरिकता बोकी दुबै देशमा बसोबास गर्दै आएकी छिन् ।

निजका श्रीमान् राजेश खण्डेलवाल वीरगन्जका व्यापारी भएको र उनको प्रशासनसम्म पहुँच भएको कारण नै उनकी श्रीमतीको दोहरो नागरिकता विरुद्ध उजुरी परेको महिनौं वित्दा पनि प्रशासनले कारवाही गर्न आलटाल गरेको हो । शोभा खण्डेलवालको दोहरो नागरिकताबारे छानविनका लागि २०७६ साउन २ गते नै दर्ता नं. ८ मा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको हो ।

यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले नागरिकता जस्तो सम्वेदनशील विषयमा छानविन गर्न केही समय लाग्ने भएकोले समय लम्बिएको हुन सक्ने बताए । उनले कसैको नागरिकता छानविनका लागि जिल्ला प्रशासनमा उजुरी परेको छ भने त्यो छानविनको प्रक्रिया होला, कार्यवाही नभएको भने होइन, केही दिन ढिला हुन सक्ला तर त्यसमाथि छानविन पक्कै हुने विश्वास व्यक्त गरे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका...

चार मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पकहाँ मैनपुरका राजेश सहनी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएका...

प्रहरी प्रदेश कार्यालय वीरगंजमा नयाँ प्रमुख, एसएसपी मगरद्वारा पदभार ग्रहण

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण बहादुर पल्ली मगर सोमबार हाजिर भई पदभार ग्रहण गरेका छन् । नेपाल...