Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

ज्येष्ठ नागरीक, आपाङ्ग तथा बिभिन्न सेवामा नाम निकाल्नेहरु सम्मानित

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाको वडा नं. ८ रामनगरीमा ज्येष्ठ नागरीक, आपाङ्ग तथा बिभिन्न सेवा र तहमा नाम निकाल्न सफल भएकाहरुलाई सम्मान गिरएकाे छ । आ.ब.२०७६।०७७ को वडा स्तरीय बार्षिक योजना अनुसार सम्मान कार्यक्रमको आयोजना गरी एक सय ४८ जनालाई सम्मान गरिएकाे हाे ।

वडाध्यक्ष पुनिलाल साह तेलिको सभापतित्वमा भएको कार्यक्रममा वडा अन्तर्गत  उतकृष्ट अंक ल्याई उर्तिण गरेका कक्षा १२ का ५ जना, कक्षा १० का १३ जना, शिक्षक सेवा पास गरेका ८ जना, नेपाली सेना तर्फ १ जना, इन्जिनियरिङ्ग छात्रबृति तर्फ १ जना, कुस्ति तर्फ १ जनालाई प्रशंसा पत्र र दोसला ओढाइ सम्मान गरिएको छ ।

साथै सोही कोर्यक्रममा पुर्ण आपाङ्ग २ जनालाई हविल चेयर र ज्येष्ठ नागरीक ११५ जनालाई दोसला र गमछा ओढाई सम्मान गरिएको वडाध्यक्ष साहले वताए । यसका साथै कार्यक्रममा १३० जना छठ गर्ने महिला ब्रतालुलाई साडी बितरण गरिएको साहले जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख नितेन्द्र प्रसाद साहले २०७६ सालमा एउटै वडाका ८ जना शिक्षक सेवामा नाम निकाल्ने पहिलो वडा रामनगरी भएकाेले भन्दै गाउँवासीलाई बधाई दिए । उनले रामनगरी कै दुई जना दलित छात्र/छात्रालाई नपाले खर्च बेहोर्ने गरी आगाडी बढेको र आफ्नाे कार्यकाल नरहे पनि त्यस्ता जेहेनदारलाई ब्यक्तिगत लगानि समेत गर्ने प्रतिबद्धता जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...