Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

काठमाडौंंको छात्राद्वारा वीरगंजमा बृक्षारोपण

spot_img
spot_img

वीरगंज । बुढानिलकण्ड स्कूल काठमाडौं नेपालका छात्रा तरनुम बेगमको आयोजनामा शुक्रवार वीरगंज महानगरपालिका वडा नं. १७ अलौंमा बृक्षारोपण गरिएको छ ।

खानेपानी सरसफाई उपभोक्ता समिति वीरगंज १७ को सह आयोजनामा उपभोक्ता समितिको प्राङ्गणमा टिक, सपेता, बेल, अशोका, मंगोलियम सखुवा, लहरे पिपल लगायत विभिन्न प्रजातिका एक सय विरुवाहरु रोपिएको छ ।

खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष ओमकृष्ण लामिछानेको सभापतित्वमा र खानेपानी डिभिजन कार्यालय बारा, पर्साका प्रमुख जक्की अहमदको प्रमुुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गंगाधर महतो, राप्रपा पर्साका जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्याय, नेपाली काँग्रेसका गाउँ कमिटि उपाध्यक्ष गन्नी मंसुरी, श्रीद्धारदेवी मावि अलौंका प्रअ राजु माली, स्थानिय किष्णदेव यादव, बुढानिलकण्ठ स्कूल काठमाडौं कक्षा ९ मा अध्ययनरत्त छात्रा तरनुम बेगम लगायत स्थानियबासीहरुले बृक्षारोपण गरेका थिए ।

सहभागीहरुलाई अफजल हुसैन अंसारीले स्वागत गरेको कार्यक्रमको संचालन बेगमका बुवा बसिर अहमदले गरेका थिए । बुढानिलकण्ठ स्कूल काठमाडौं कक्षा ९ मा अध्ययनरत्त छात्रा तरनुम बेगमको प्रोजेक्ट वर्क अन्र्तगत आज सो बृक्षारोपण गरिएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...