Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

छिपहरमाईबाट भारतिय धान सहित ४ वटा ट्याक्टर पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. २ टिहुकीबाट ४ वटा धाल लोड गरेको ट्याक्टर प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल भित्र्याई रहेका धान लोड गरेका ४ वटा नेपाली नम्बरको ट्याक्टर पर्सा प्रहरीले पक्राउ गरेको हो ।

टिहुकी प्रहरी चौकी, भिस्वा प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय लंगडी, ईलाक प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरीको संयुक्त टोलिले आज बिहान भारतबाट अबैध तरिकाले भित्र्याई रहेका ४ वटा ट्याक्टर सहित चालकहरुलाई नियन्त्रणमा लिएको हो ।

ना. २ त. ४०३६, ना. ४ त. ५९४ नम्बर सोनालिका ट्याक्टर सहित नम्बर नखुलेको २ वटा ट्याक्टर गरि ४ वटा धान सहितको ट्याक्टर प्रहरीले पक्राउ गरेको हाम्रा सम्वाददाताले जनाएका छन् । पक्राउ परेको धान सहितको ट्याक्टर ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

पर्साको ग्रामिण नाका भएर प्रहरी कै मिलोमतोमा धान तस्करी हुँदै आएको स्थानियहरुले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...