Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

छिपहरमाईबाट भारतिय धान सहित ४ वटा ट्याक्टर पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. २ टिहुकीबाट ४ वटा धाल लोड गरेको ट्याक्टर प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल भित्र्याई रहेका धान लोड गरेका ४ वटा नेपाली नम्बरको ट्याक्टर पर्सा प्रहरीले पक्राउ गरेको हो ।

टिहुकी प्रहरी चौकी, भिस्वा प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय लंगडी, ईलाक प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरीको संयुक्त टोलिले आज बिहान भारतबाट अबैध तरिकाले भित्र्याई रहेका ४ वटा ट्याक्टर सहित चालकहरुलाई नियन्त्रणमा लिएको हो ।

ना. २ त. ४०३६, ना. ४ त. ५९४ नम्बर सोनालिका ट्याक्टर सहित नम्बर नखुलेको २ वटा ट्याक्टर गरि ४ वटा धान सहितको ट्याक्टर प्रहरीले पक्राउ गरेको हाम्रा सम्वाददाताले जनाएका छन् । पक्राउ परेको धान सहितको ट्याक्टर ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

पर्साको ग्रामिण नाका भएर प्रहरी कै मिलोमतोमा धान तस्करी हुँदै आएको स्थानियहरुले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...