Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

मेडिकल कलेजले गरेको विद्यार्थीमाथीको दमनको बिरोधमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज वीरगंजमा भएको विधार्थीहरु माथीको कुटपिटको बिरोधमा आज वीरगंजमा प्रदर्श गरिएको छ । विभिन्न विद्यार्थी संगठनका विद्यार्थी नेताहरुले शुक्रबार दिउँसो वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका हुन् ।

विद्यार्थी माथीको दमन बन्द गर, विद्यार्थीहरुलाई कुटपिट गर्ने र गराउनेलाई कार्वाही गर, सरकारले निर्धारण गरेको शुल्क लागू गर, अशुल गरिएको बढी रकम फिर्ता गर, मेडिकल माफिया मुर्दाबाद लगायतका नारा प्ले कार्ड सहित बिद्यार्थी अगुवाहरु प्रदर्सन गरेका छन् ।

बिहान १०:३० देखि १२ बजे सम्म भएको प्रदर्शनमा नेवि संघका बिकास तिवारी, समाजवादी विद्यार्थी संगठनका निघिल बर्णवाल लगायतकाको सहभागिता रहेको थियो । प्रदर्शन पछि बिद्यार्थी नेताहरु जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउन गएको हाम्रा सम्वाददाता आलोक कुशवाहाले जनाएका छन्  ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...