Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

मेडिकल कलेजका संचालक अन्सारीले आफ्नै कलेजका विद्यार्थीहरुलाई गुन्डा लगाएर कुटपिट गराए

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज वीरगंजका संचालक बशरुद्दिन अन्सारीले आफ्नै क्लजका विद्यार्थीहरुलाई गुन्डा लगाएर कुटपिट गराएका छन् । वीरगंज महानगरपालिकाको वडा नम्बर १५ भेडियाही स्थित रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुलाई कलेज प्रशासनले असुल गरेको अतिरिक्त शुल्क फिर्ताको माग राख्दै प्रदर्शन गर्ने क्रममा कलेजका संचालक अन्सारीले गुन्डा लगाएर कुटपिट गराएका हुन् ।

चिकित्सक शिक्षा सुधार संघर्ष समितिका केही पदाधिकारी तथा सदस्यहरु चितवनबाट विद्यार्थीहरुको आन्दोलनमा एक्यबद्धता जनाउन बिहिबार नेशनल मेडिकल कलेज वीरगंज पुगेका थिए । सोही समयमा कलेजका सञ्चालक अन्सारीले गुन्डा लगाएर कुटपिट गरेको विद्यार्थीले आरोप लगाएका छन् ।

शान्तिपूर्ण तरिकाले कलेज व्यवस्थापनसँग आफना माग राख्दा कलेजका सञ्चालक अन्सारीले कलेजभित्रै कुटपिट गराएको संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए । आफना माँग राख्न खोज्दा कलेजका व्यवस्थापक अंसारीले कलेज भित्र नै विद्यार्थीहरुलाई घेराहाली निर्घात कुटपिट गराएको चन्दले आरोप लगाए ।

कलेज परिसरमा आफना माँग राखेर प्रदर्शन गरीरहेका थियो, संघर्ष समितिका प्रवक्ता नरेश भट्टराईले भने, अंसारीले कलेज बाहिरबाट एक्कासी सयौ गुण्डाहरुलाई बोलाएर हामीमाथि आक्रमण गर्न लगाएको हो । उनले भने, हामी आफना माँग राख्दै थियो, त्यसैमा छिमेका उनका गुण्डाहहरुले माईक तोडफोड गरेर अशब्द प्रयोग गर्दै हातपात गरे, घटना स्थल पुगेका प्रहरीले हामीलाई उद्दार गरी कलेज बाहिर निकालेको हो ।

अंसारीले नेकपा नेत्र विक्रम चन्द (विप्लव) का छोरा एवं सघर्ष समितिका संयोजक प्रकाश चन्दलाई समेत कुटपिट गरेका छन । अंसारीले चितवन मेडिकल कलेजमा ईन्टरशिपमा अध्ययनरत जनकपुरका आशुतोष झालाई बन्दक समेत बनाएका थिए । झालाई आफनो नियन्त्रणमा लिई निर्घात कुटपिट पश्चात प्रहरीलाई बुझाई हाम्रो जिम्मा लगाएको प्रवक्ता भट्टराईले वताए ।

कलेजमा एमबिबिएस प्रथम बर्षमा अध्ययनरत अठारौ व्याचका एकजना विद्यार्थीले नाम लेख्ने सर्तमा भने, कलेजका व्यवस्थापक पक्षले विभिन्न बहानामा हामीसंग १२ लाख भन्दा बढी चार्ज असुल्दै आएको छ । उनले भने, लाईब्रेरी चार्जको नाममा ३५ हजार, खेलकुद बापत ४० हजार, सिडिपी चार्ज ५० हजार, मेच चार्ज १६ हजार, कलेजमा ईन्टरनेट प्रयोग गरेबापत महिनाको १४ सय र होस्टेलमा बस्ने वा नबसेपनि जबरजस्ती शुल्क तिर्न लगाएको छ ।

बढी शुल्क असुलेको बारे व्यवस्थापक अंसारीसंग अभिभावकहरुले बुझन जाँदा उल्टै दुव्र्यवहार गरेर पठाएको उनको आरोप छ । अंसारीले अरु कलेजले एक्सट्रा लिएको शुल्क फिर्ता गरे आफु पनि फिर्ता गरिदिने भन्दै अभिभावकलाई नै झपारेर पठाएको उनले बताए ।

विद्यार्थीका अनुसार १८ औँ ब्याचमा एक सय विद्यार्थी अध्ययनरत छन । ‘विगत एक महिनादेखि हामी बढी शुल्क फिर्ताको माग राखेका छौँ,’ नाम उल्लेख नगर्ने शर्तमा एक विद्यार्थीले भने, ‘हाम्रो विरोधको कुनै सुनवाई छैन, कलेज व्यवस्थापनले बाहिरबाट गुन्डा झिकाएर धम्कयाउने गरेको छ ।’

mbbs student_kalikatimes

यता नेशन मेडिकल कलेका विद्यार्थीहरुले वीरगंजमा प्रदर्शन समेत गरेका छन् । चिकित्सक शिक्षा सुधार संघर्ष समितिका संयोजक चन्दको नेतृत्वमा कलेज परिसरबाट निस्केको विद्यार्थीहरुको बिरोध प्रदर्शन वीरगंजको बसपार्क, लिंकरोड, घण्टाघर, माईस्थान, महाबिर स्थान, आदर्शनगर, अलखिया, नारायाणी अस्पताल, घडिअर्वा हुदै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो ।

उनीहरुले सरकारले निर्धारण गरेको भर्ना शुल्क कायम गर्न, मेडिकल माफिया मुर्दाबाद, हाम्रो सेतो कोटमा कालो दाग लगाउँन पाउँदैन, डाक्टर बन्न आएका हामीलाई नेता बनाउँन पाईदैन लगायतको प्ले कार्ड सहितको प्रदर्शन गरेका हुन् ।
कोण सभामा वोल्दै चिकित्सक शिक्षा सुधार संघर्ष समितिका संयोजक चन्दले विद्यार्थीको आन्दोलनमा समर्थन जनाउन आउँदा अन्सारीले कानुन हातमा लिएर कुटपिट गरेको आरोप लगाएका छन । चितवन मेडिकल कलेजबाट समर्थन गर्न आएका चन्दले भने, ‘कलेज परिसरमा प्रहरी समयमै नपुगेको भए अप्रिय घटना घटन सक्थ्यो, यस्तो गुन्डागर्दी हेरका थिएनौँ । कुटपिट गर्नेमाथि किटानी जाहेरी दिन्छौ ।’

माग पुरा नहुन्जेलसम्म आन्दोलन जारी रहने विद्यार्थीले जनाएका छन ।

कलेजले विभिन्न बहानामा सरकारले निर्धाण गरेको शुल्क भन्दा बढी शुल्ल प्रति विद्यार्थी १२ लाख देखि १५ लाख रुपैयाँसम्म असुलेको बिद्यार्थीहरुले वताएका छन् । काठमाडौं उपत्यका बाहिर सरकारले निर्धारण गरेको ४२ लाख ५० हजार रुपैयाँ शुल्क भन्दा नेशनल मेडिकल कलेजले बढी लिएको विद्यार्थीले बताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कोल्हवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६६ जनाले पाए विशेषज्ञ सेवा

बारा । कोल्हवी नगरपालिकाको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा...

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...