Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

तराई मधेशको पर्यटन प्रवर्दनको लागि भिजिट मधेश द्वारा पर्यटन मन्त्रिलाई ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज । तराई मधेशको पर्यटन प्रवर्दन र विकासको लागि भिजिट मधेश नेपालको टोलीले सांस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराईलाई ध्यानकर्षण गराएका छन् ।

भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफको नेतृत्वमा रहेको टोलीले बुधबार पर्यटन मन्त्री भट्टराईसँग भेटघाट गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । तराई मधेशको पर्यटन प्रवर्दन बिना नेपालको समग्र क्षेत्रमा विकास नहुने भएकोले तराई मधेशमा बढी ध्यान दिन मन्त्री भट्टराईलाई भिजिट मधेशको टोलीले आग्रह गरेको थियो ।

पर्यटन मन्त्रालयले नेपालको पर्यटकिय क्षेत्रमा पु¥याई रहेको योगदान सराहनीय रहेको भन्दै हिमाल पहाडलाई मात्र नभई तराई मधेसको २४ वटै जिल्लाको सांस्कृतिक धरोहरहरु पनि ध्यान केन्द्रित गर्न अध्यक्ष सर्राफले अनुरोध गरे । तराईको फरक हावापानी पर्यावरण, एेतिहासिक, पुरातात्त्विक धार्मिक धरोहरहरुले पर्यटकहरुलाई झन आकर्षित गर्न मद्दत पुग्ने उनले पत्र मार्फत मन्त्रि भट्टराइको ध्यानाकर्षण गराए ।

ध्यानाकर्षण पत्र बुझदै मन्त्रि भट्टराईले आफु नेपालको पर्यटन प्रवद्र्धनको विकासमा लागि परेको बताए । उनले तराई मधेशको धेरै जिल्लाहरुमा पर्यटकलाई भित्र्याउने सम्भावना रहेकोले त्यसको पहिचान भईसकेको समेत बताए । मन्त्री भट्टराईले पहिचान भईसकेको तराई मधेशका पर्यटकिय स्थलहरुको प्रवद्र्धन र विकास गर्न लागि परेको जानकारी गराए ।

विगत २ वर्षदेखी भिजिट मधेश नेपाल अभियानमा जुटेका टिमले मधेशको जिल्लाहरुको गाउँ ठाउँका पर्यटकिय गन्तव्यहरुको बारेमा अध्ययन अनुसन्धान गर्ने कामहरू गरिरहेका छन् भने अहिले सम्म १३ वटा अन्य देशहरुमा पनि ग्लोबल रुपमा टिमहरु परिचालित गरी पर्यटन प्रवर्द्धनमा लागेका छन् । यो अभियानको ग्लोबल संयोजक प्रमोद राज सर्राफ रहेका छन् ।

आन्तरिक एवं बाह्य पर्यटकहरुको सुविधाको लागी भिजिट मधेसको डिजिटल प्लेटफर्म वेबसाईट मोबाइल एप्स पनि तयार गरी प्रचार प्रसारमा जुटेको जानकारी गराए । साथै विश्व पर्यटन दिवस २०१९ को अवसरमा भिजिट मधेश अभियानले काठमाडौ सहित नेपाल भरीका ३५ वटा जिल्लाको पर्यटकिय स्थलको सरसफाइ पर्यटन सम्बन्धि अन्तरक्रिया समेत गरेको थियो ।

भिजिट मधेशका राष्ट्रिय सदस्य अजयप्रसाद साह, काठमांडौ संयोजक सुनिता रौनियार, सदस्य प्रयुषा थिङ्ग र टेक्निकल एक्सपर्ट सुरज वर्मा लगायतको टोलीमा सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...