Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

एसिड प्रहार गर्ने माथी कडा कारवाहीको सांसद यादवको मांग

spot_img
spot_img

वीरगंंज । पर्सा क्षेत्र नं १ का सांसद प्रदिप यादवले मुस्कान खातुन माथि भएको एसिड प्रहारको घटनाबारे प्रहरीले गरिरहेको अनुसन्धान र मुद्दाको प्रकृयाको बारेमा जानकारी लिएका छन् ।

पर्साका सञ्चारकर्मीहरुको रोहबरमा आज पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसंग भेटेर उनले मुस्कान घटनाको अनुसन्धान बारे चासो देखाउँदै दोषी माथि कानुन बमोजिम कारवाही गर्नेु पर्ने माग गरेकाछन् ।

गत भदौ २० गते घरबाट विधालय गइरहेको अवस्थामा वीरगंज २ छपकैयाका दुई युवकहरुले मुस्कान माथि तेजाब प्रहार गरी गम्भीर घाइते बनाएका थिए । हाल मुस्कानको उपचार काठमाडौंको किर्तीपुर अस्पतालमा भइरहेको छ । मुस्कानको अवस्था सधारोन्मुख छ । तर पछिल्लो पटक मुस्कान घटनाका अभियुक्त द्वय समसाद मिया र मजिद मियालाई सजायको सवालमा परिवारजनले चलखेल शुरु गरेपछि सासद यादवले प्रहरीसंग मुद्दाको विषयमा जानकारी लिएकाछन् ।

वीरगंज नारायणी अस्पतालका ४ जना डाक्टरहरुले समसादको उमेर १८ वर्ष र मजिदको उमेर २० वर्ष मेडिकल रिपोर्टमा उल्लेख गरेपनि परिवारजनले दुबैको उमेर क्रमशः १४ र १५ वर्ष भनेर प्रहरीमा दावीसहित नाबालिक भएकोले सोही अनुसारको सजायको लागि लबिङ गरिरहेका छन् ।

त्यसैगरी,पर्सा प्रहरीले पनि प्रारम्भिक अनुसन्धानको क्रममा समसादको उमेर १७ र मजिदको उमेर १६ वर्ष मात्र तोकेको प्रति सासद यादवले चिन्ता व्यक्त गरेकाछन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय, डेटिस्ट सोनी झा, अर्थोपेडिक डा. राजदेव कुशवाहा, रेडियोलोजिस्ट डा. विजयराज खनाल लगायतले मेडिकल रिपोर्टमा उमेर प्रमाणित गरेका हुन् ।

त्यसैगरी,पर्सा प्रहरीले दशैको विदालाई देखाउँदै अनुसन्धानमा ढिलाई भई पर्सा जिल्ला अदालतमा मुद्दाको फाइल पेश नगरेको स्पष्टिकरण दिएको छ । पर्साका प्रहरी उपरीक्षक राठौरले पक्राउ परेका अभियुक्तलाई कानुन बमोजिम नै कारबाही गरिने आवश्वान दिए । उनले २२ देखि २५ दिन भित्र जुन पनि मुद्दा अनुसन्धान गरेर अदालतमा पेश गर्नु पर्ने नियम रहेतापनि चाडपर्वले केही दिन ढिलाई हुदै ३७ दिन पुगेको बताए । आजभोलीमै मुद्दाको फाइल पेश हुने उनले जानकारी दिए ।

यससंगै स्कुल।क्याम्पसका छात्राहरु माथी हुने गरेको दुव्र्यवहारका घटना तथा यौनजन्य हिंसा नियन्त्रणको लागि पर्सा प्रहरीले ठोस कदम चाल्नु पर्ने प्रहरी उपरिक्षक राठौरलाई निर्देशन दिनु भएको थियो ।

यता विर्तामा सञ्चालित हार्डवेयर पसले मनीषप्रसाद मण्डलको नाममा पक्राउ पुर्जी जारी भइसकेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । विना स्वीकृति तेजाब तथा रसायनिक पदाथ बिक्री गरेको आरोपमा उनी माथि ज्यान सम्बन्धी मुद्दा र तेजाब खुल्ला रुपमा बिक्री गरेको मुद्दा लगाइएको पर्सा प्रहरीले जनाएको छ । कानुन बमोजिम ज्यान सम्बन्धी मुद्दामा १० वर्ष कैद सजाय हुने व्यवस्था छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...