Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

शैक्षिक क्षेत्र केही जनप्रतिनिधिको कमाई खाने भाडो, रोक्न आवश्यक : सांसद यादव

spot_img
spot_img

वीरगंंज । शैक्षिक क्षेत्र स्थानीय निकाय माताहात आएदेखी सरुवा बरुवाको नाममा केही जनप्रतिनिधिको कमाई खाने भाडो बनेको सांसद प्रदिप यादवले बताउनु भएको छ ।

वीरगंज महानगरपालिकाको वडा नम्बर १५ भेडियाहिमा आयोजित जनता दर्शन अभियान कार्यक्रममा बोल्दै उहाँले अहिले शिक्षकहरुले लाख रुपैयाँ नबुझाए पायक पर्ने ठाउँ भन्दा भिन्न विद्यालयमा सरुवा गर्ने प्रविति मौलाएको उहाँको भनाई थियो ।
स्थानीय निकाय मताहत विद्यालय आएदेखि पढाईको स्तर खस्किएसंगै बालबालिकाहरु पनि विद्यालय बाहिर रहेको प्रति सांसद यादवले चिन्ता व्यक्त गर्नु भएको थियो ।

जनताको सेवाका लागी जितेका जनप्रतिनिधिहरु कमाई धन्दामा लागेकाले सोचे अनुरुप विकास हुन नसकेको उहाँको भनाई थियो । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद प्रदिप यादवले जनताको समस्या जनताकै घरदैलो कार्यक्रममा स्थानीय युवाहरुले यसै वडामा रहेको लगभग ७ विग्हा एलानी जग्गामा खेल मैदान बनाईदिन अनुरोध गरेका थिए ।

यसैगरी स्थानीय अगुवाहरुले २०४२ मै स्थापना भएको श्री जनतादेबी हरिहर सरार्फ निम्न माध्यमिक विद्यालयलाई प्लस टु सम्मको अध्ययन मिलाउन र सडक तथा नालाको काम गुणस्तरीय गराउन आग्रह गरेका थिए ।

स्थानीयको समस्या सम्बोधन गर्दै सांसद यादवले श्री जनतादेबी हरिहर सरार्फ निम्न माध्यमिक विद्यालयलाई प्लस टु सम्म बनाउन आफुले शिक्षा मन्त्रालयसंग समन्वय गर्ने प्रतिबद्धता जनाउनु भएको थियो यससंगै उहाँले एलानी प्रति जग्गा नापी कार्यालयको समन्वयमा नाप नक्सा गराएदेखि आफुले खेल मैदानका लागी तत्काल माटो पुरेर स्तरिय बनाउन घोषणा गर्नु भएको थियो । स्थानीय निकाय र प्रदेश सरकारले टोल विकासका लागी गरिरहेको काम गुणस्तरीय गराउन स्थानीय भद्रभलादमी जागरुक हुनुपर्ने धारणा राख्नु भएको थियो ।

वीरगंज महानगरपालिकाका कार्यपालिका सदस्य अजय सरार्फको सभापतित्वमा भएको कार्यक्रममा समाजवादी पार्टीका नगर अध्यक्ष ईश्वर यादव, शिक्षक महासंघका केन्द्रिय सदस्य ओमप्रकास सरार्फ, युवा नेता निखिल वर्णवाल, स्थानीय अगुवा रामबाबु गुप्ता, मोहरम मियाँ, भरत साह, अभिरिलाल साह सोनार लगायको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...