Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

अक्षयले लगाए ‘लक्ष्मी बम्ब’ मा साडी र चुरा ।

spot_img
spot_img
बलिउडका हिट मेशिन अक्षय कुमार सधैं लिकबाट हटेर फिल्म गर्न विश्वास गर्छन् । उनले ‘ट्वाइलेट : एक प्रेम कथा’ जस्तो फिल्म गरेर दर्शकलाई चकित बनाए भने ‘हाउसफुल’ जस्तो फिल्ममा पनि देखिए । चाँडै उनको नयाँ फिल्म ‘हाउसफुल ४’ प्रदर्शनमा आउँदैछ । यसबीच, उनको नयाँ फिल्म ‘लक्ष्मी बम्ब’ को फस्टलुक सार्वजनिक भएको छ ।
निर्माण टिमले सार्वजनिक गरेको तस्बिरमा अक्षय माता दुर्गाको प्रतिमाको अगाडि उभिएका छन् र रातो साडीमा देखिएकी छन् । भने, सिउँदोमा रातो सिन्दूर र हातमा रातो चुरा लगाएका छन् । अक्षयले तस्बिर सेयर गर्दै लेखेका छन्, ‘नवरात्रिको अवसरमा म आफ्नो फिल्ममा आफ्नो लक्षमीको लुक सेयर गर्दैछु । म यो फिल्मलाई लिएर निकै उत्साहित छु ।’
उनले फिल्मलाई लिएर आफू नर्भस पनि रहेको बताएका छन् । उनी अगाडि लेख्छन्, ‘जिन्दगी तब सुरु हुन्छ जब हामी आफ्नो कन्फर्ट जोनबाट बाहिर निस्कन्छौं, हो कि होइन ?’ यो फिल्म सन् २०२० को इदमा रिलिज हुनेछ । यो दिन बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘किक २’ पनि रिलिज हुनेछ । बक्सअफिसमा कसको पल्लाभारी होला ? हेर्न बाँकी छ ।
‘लक्ष्मी बम्ब’ मा अक्षयको अपोजिटमा अभिनेत्री कियारा आडवाणी देखिनेछन् । त्यस्तै, अभिनेता अमिताभ बच्चन फिल्ममा ट्रान्सजेन्डर भूतको भूमिका निभाउँदैछन् । फिल्ममा तुषार कपूर र आर माधवनको पनि अभिनय रहननेछ । यो फिल्म तमिल फिल्म ‘कन्चना’ को हिन्दी रिमेक हो । तमिल फिल्मका निर्देशक राघव लरेन्सले नै यसको रिमेक बनाउँदैछन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...