Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

हत्या आरोपमा पतिसहित तीन पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको पकाहामैनपुर गाउँपालिका ४ धोविया टोलमा हत्याको आरोपमा पतिसहित तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालाय पोखरीयाले शनिबार पत्नीको हत्यको गरेको आरोपमा पतिसहित निजका दाई र भाउजुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पति नसुरद्दीन मीयाँ, निजका दाई वल्टिु मियाँ र भाउजु तुना खातुन रहेको इप्रका पोखरीया प्रहरी निरिक्षक चन्द्र सिंहले जनाकारी दिए । मृतक सायरा खातुनको हत्या भएको भन्दै माइती पक्षले शुक्रवार प्रहरीलाई जनाकारी दिएपछि प्रहरीले खोजतलाश सुरु गरेको थियो । गत आइतबार २५ वर्षीय सायरा खातुनको झुन्डिएको अवस्थामा शव फेला परेको थियो ।

मुत्यु भएपश्चात् उनको धार्मिक परम्परा अनुसार गत सोमबार निजिकैको इदगाहमा दफनाइएको बताइएको छ । माइती पक्षले सायरालाई झुन्ड्याइए मारेको आरोप लगाएका छ्न । सायरा झन्डिएर आत्माहत्या गरेपनि प्रहरीलाई खबर नै नगरी परिवारले शव दफनाएको भन्दै प्रहरीले मृत्यु शङ्कास्पद रहेको दावी गरेको छ ।

सायराको शव शनिबार उत्खनन् गरी नारायणी अस्पतालका डाक्टर अजित साहले शव परिक्षण गरेका छन् । सव सडिसकेकोले वीरगंज ल्याउन नसक्दा घटनास्थलमैँ परिक्षण गरीएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...