Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

मुख्य सडक २५/२५ मिटर फराकिलो बनाउन हस्ताक्षर अभियान संचालन

spot_img
spot_img

पर्सा । वीरगंजको मुख्य सडक फराकिलो बनाउन आज देखि वीरगंजमा हस्ताक्षर अभियान संचालन गरिएको छ ।

वीरगंज बिकास युवा संघर्ष समितिको आयोजनामा वीरगंजको घण्टाघरमा आइतबार देखी हस्ताक्षर अभियान संचालन गरिएको हो । नेपाल सरकारको निर्णय अनुसार वीरगंजको मुख्य सडक पनि २५/२५ मिटर फराकिलो पार्नका लागि हस्ताक्षर अभियान संचालन गरिएको संघर्ष समितिका सदस्य समेत रहेका बिद्यार्थी नेता संदिप बिक्रम साहले वताए ।

हस्ताक्षर अभियानको उद्घाटन पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले गरेका छन । हस्ताक्षर अभियानको उद्घाटन गर्दै अध्यक्ष गुप्ताले वीरगंजको बिकासको लागि नेताहरु अगाडी नबढनु र युवाहरु अगाडी बढनु लाजमर्दो भएको वताए । वीरगंजको मख्य सडक फराकिलो बनाउन बढी चलखेल भए गाउँ गाउँबाट हजारौ जनता वीरगंजको सडकमा उतार्ने वताए ।

संघर्ष समितिका सदस्य अकलेश साहले वीरगंजको मुख्य सडक २५/२५ मिटर नतोडन कुनै आदेश नआएको वताए । अदालतले कार्तिक ७ गते सम्म मात्र नतोडन आदेश दिएकोले वताउदै उनले यसलाई भ्रम छर्ने काम गरिएको वताए ।

हस्ताक्षर अभियान उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंंघ पर्साका अध्यक्ष श्याम बन्जारा, संघर्ष समितिका महमुद अन्सारी लगायतकाले मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...