Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

मुख्य सडक २५/२५ मिटर फराकिलो बनाउन हस्ताक्षर अभियान संचालन

spot_img
spot_img

पर्सा । वीरगंजको मुख्य सडक फराकिलो बनाउन आज देखि वीरगंजमा हस्ताक्षर अभियान संचालन गरिएको छ ।

वीरगंज बिकास युवा संघर्ष समितिको आयोजनामा वीरगंजको घण्टाघरमा आइतबार देखी हस्ताक्षर अभियान संचालन गरिएको हो । नेपाल सरकारको निर्णय अनुसार वीरगंजको मुख्य सडक पनि २५/२५ मिटर फराकिलो पार्नका लागि हस्ताक्षर अभियान संचालन गरिएको संघर्ष समितिका सदस्य समेत रहेका बिद्यार्थी नेता संदिप बिक्रम साहले वताए ।

हस्ताक्षर अभियानको उद्घाटन पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले गरेका छन । हस्ताक्षर अभियानको उद्घाटन गर्दै अध्यक्ष गुप्ताले वीरगंजको बिकासको लागि नेताहरु अगाडी नबढनु र युवाहरु अगाडी बढनु लाजमर्दो भएको वताए । वीरगंजको मख्य सडक फराकिलो बनाउन बढी चलखेल भए गाउँ गाउँबाट हजारौ जनता वीरगंजको सडकमा उतार्ने वताए ।

संघर्ष समितिका सदस्य अकलेश साहले वीरगंजको मुख्य सडक २५/२५ मिटर नतोडन कुनै आदेश नआएको वताए । अदालतले कार्तिक ७ गते सम्म मात्र नतोडन आदेश दिएकोले वताउदै उनले यसलाई भ्रम छर्ने काम गरिएको वताए ।

हस्ताक्षर अभियान उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंंघ पर्साका अध्यक्ष श्याम बन्जारा, संघर्ष समितिका महमुद अन्सारी लगायतकाले मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...