Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

आदालतमा मुद्दा विचाराधीन हुदाहुदै पटक पटक दाजुभाईबाट नै यातना खेप्दै सुनिल

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नं. १० बस्ने सुनिल खण्डेलवाल पटक पटक आफ्नै दाजुभाईबाट कुटिदै आएपनि प्रहरी प्रशासनले पीडकलाई कारवाही गर्न सकेको छैन । विभिन्न बहानामा सुनिलका दाजुभाई राजेश खण्डेलवाल, पशुपति खण्डेलवाल तथा सचिव खण्डेलवाल तिनै दाजुभाई मिली सुनिललाई पटक पटक कुटपिट गर्दै आएका छन् ।

६ जना दाजुभाई रहेका खण्डेलवाल परिवारका दुई दाजुभाई भारतमा बस्दै आएकोमा ४ जना दाजुभाई वीरगन्जमा बसोबास गर्दै आएका छन् । चार जनै दाजुभाई एकै ठाउँमा बस्दै आएकोमा केही दिनदेखि तीन जना दाजुभाई मिली कान्छाभाई सुनिललाई घरबाट निकाल्ने प्रयासमा लागेका छन् ।

उनीहरु तिनै जना मिली सुनिलले संचालन गर्दै आएको व्यापारलाई पनि हड्पेका छन् । व्यापार हड्पनुको साथै सुनिललाई घरबाट निकाल्नका लागि राजेश, पशुपति तथा सचिन विभिन्न प्रपँच रच्दै सम्बन्धित व्यक्तिहरुलाई आफ्नो प्रलोभनमा पारी सुनिललाई पटक पटक यातना दिदै आएका छन् ।

खण्डेलवाल परिवारमा सानो सानो विवाद तथा चारै जना दाजुभाई बीचको कलहले उग्र रुप लिएपछि विगत ८ महिना पहिला ति दाजुभाई बीच अँश बाँडफाँडको लागि जिल्ला अदालत पर्सामा मुद्दा दर्ता भएको थियो । अँश सम्बन्धि मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा राजेश, पशुपति तथा सुचिन तिनै जना दाजुभाई मिली कान्छा भाई सुनिललाई घरबाट निकाल्न पटक पटक मानसिक तथा शारिरिक यातना दिनुका साथै विभिन्न प्रयास गरेका छन् । तर पटक पटक दाजुभाईको कुटपिट सहँदै कानूनी उपचार खोजि रहेका सुनिल भने प्रहरी प्रशासनसँग अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।

दिनहुँ फाइल बोकेर जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालय धाई रहेका छन् तर न्याय भने पाउन सकेका छैनन् । अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको बखत दुई तीन महिना अगाडि तिनै जना दाजुभाई मिली सुनिललाई निर्घात कुटपिट गरेका थिए । जसबाट सुनिलको खुट्टा भाँचिएको थियो ।

भाँचिएको खुट्टा लिएर जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय धाउँदा धाउँदै महिनौं वितिसक्दा पनि प्रहरीले पीडकलाई कारवाही गरेन । उनको साथमा रहेको फाइल च्यातियो तर उनीले न्याय पाएनन् उल्टै प्रहरीको धाक धम्की खेप्नुपर्यो । बेला बखत विभिन्न निहुँ खोजेर तिनै दाजुभाई मिलेर सुनिललाई पटक पटक निर्घात कुटपिट गर्ने गरेको तथ्य पुनः बाहिरिएको छ ।

यही मंगलबार त्यही राजेश, पशुपति तथा सुचिन तिनै दाजुभाई मिलेर सुनिललाई निर्घात कुटपिट गरेका छन् । तिनै जनाले सुनिललाई चप्लल, झापड, मुक्काले बेसरी हानेका छन् । उनीहरुको कुटपिटबाट सुनिलको हात, खुट्टा, टाउको, पिठ्यु तथा कन्चटमा चोट पटक लागेको छ ।

ग्याँस सिलिण्डर, शौचालय तथा घरको ढोकाको बीचबाटै पर्खाल लगाउने जस्ता विभिन्न कार्यको बहानामा सुनिलमाथि पटक पटक कुटपिट हुने गरेको छ । चार जनामध्ये ३ जना दाजुभाईको समूहले १ जना भाईलाई सधैं कुटपिट गर्ने गरेको छ । उनीमाथि कुटपिट हुनु यो नयाँ विषय होइन, अदालतमा विचाराधीन अवस्थामा मुद्दा रहेको अवस्थामा पनि सुनिल सधैं यातना खेपी रहेका छन् ।

सुनिल आफू एक्लै भएको कारण उनी कानूनी उपचार खोजि रहेका छन्, तर उनी न्याय पाउन सकि रहेका छैनन् । उनलाई न्याय दिन अर्थात पीडकमाथि कारवाही गर्नका लागि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जले प्रहरीलाई परमादेश नै जारी गरेको थियो तर उनीमाथि केही कारवाही हुन सकेन् । जसले गर्दा तिनै दाजुभाईको मनोबल झनै बढ्दै गएको छ । जसको सिकार बनि रहेका सुनिल र दिनुहँ उनीहरुको यातना खेप्न बाध्य छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको अलौमा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएको ९.५ किलो चरेस बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा करिब ९.५ किलो चरेसजस्तो देखिने पदार्थ बरामद गरेको छ...

तीन महिनापछि महानगर फर्किए मेयर राजेशमान सिंह, सम्हाले पदभार

वीरगंज । विशेष अदालतबाट सफाइ पाएपछि स्वतः पुनर्बहाली भएका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले तीन महिनापछि बुधबार महानगरपालिका कार्यालय पुगेर पुनः पदभार ग्रहण गरेका...

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...