Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

मुस्कान संग सांसद यादवले भेटे, अवस्था सुधार हुदै जानकारी

spot_img
spot_img

काठमाडौँ । एसिड आक्रमण पिडित मुस्कान संग प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादव आज पनि भेटेका छन ।

काठमाण्डौको कीर्तिपुर अस्पताल उपचार गराई रहेकी मुस्कान संग निरन्तर भेट गरे जस्तै बिहिबार विहान भेट गरी अवस्था बारे जानकारी लिएका छन । उपचारमा संलग्न चिकित्सकहरु संग मुस्कानको अवस्था बारे सांसद जानकारी समेत लिएका हुन ।

सांसद यादवका अनुसार मुस्कानको अवस्थामा क्रमिक सुधार हुदै गएको र छिटै अवस्था सामान्य पनि हुने उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराएका छन । एसिड प्रहारबाट गम्भीर घाईते मुस्कानको अवस्था बारे जानकारी लिन र आवश्यक सहयोग गर्न सांसद यादव अस्पताल पुगि रहन्छन ।

मुस्कान अस्पताल भर्ना भएको आज २७ औ दिन पुगेको छ ।
येस्तै देश र देश बाहिर बाट मुस्कान का लागि संदेश र हौसला बढाउने सुभकामना हरु आउने क्रम निरन्तर जारि रहेको र सोहि बीच हिन्दि चलचित्र का महानायक अमिताभ बच्चन ,अभिनेता वरुण धावन, अभिनेत्री कृतित सेनोन नेपाली गायक राजु लामा लगायतका कलाकारहरु पनि संदेश पठाउन साथ देश भरीबाट निरन्तर सहयोग मा जुटेका छन् |

केही हप्ताअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...