Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

वीरगंजमा आयोजित रमाईलो मेलाको सांसद प्रदिप यादवद्वारा उदघाटन

spot_img
spot_img

वीरगंज ।  वीरगंजको घण्टाघर नजिक रहेको शहिद उद्यान पार्कमा आज देखी सुरु भएको रमाईलो मेलाको उदघाटन प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले गरेका छन । वडा दशैंको उपलक्ष्यमा आस्था नेपालले आयोजना गरेको मेलाको उदघाटन एक कार्यक्रमका बिच सांसद यादवले रिबन काटी र परेवा उडाई गरेका हुन ।

मेला उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले दशैंको अवसरमा आयोजित मेला भव्य र सभ्य बनाउने सबैमा अपिल गरे । मन्तव्य मार्फत दशैंको सुभकामना व्यक्त गर्दै सांसद यादवले दशैंमा रमाईलो सभ्य तरिकाले गर्नु पर्ने आग्रह समेत गरे ।

pradip Yadav_kalikatimes

मेला समितिका अध्यक्ष कुन्दन सिंहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, नेता सुन्दर कुर्मी, वीरगंज महानगर अध्यक्ष इशवर यादव, समाजवादी विद्यार्थी संगठनका केन्द्रिय सदस्य निखिल बर्णवाल, आस्था नेपालका अध्यक्ष गरौव बर्मा लगायतकाको उपस्थिती रहेको थियो ।

असोज २५ गते सम्म लाग्ने मेलामा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगिति प्रस्तुती पनि रह्ने आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...