Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

महराले सांसद पदबाट राजिनामा नगरे पार्टीले हटाउने

काठमाडौं । बलात्कारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएपनि कृष्णबहादुर महराले अझै सांसद पदबाट राजीनामा दिएका छैनन्।

- Advertisement -

सत्तारुढ नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा गर्न सुझाव दिएको छ। तर महरा भने तत्कालै सांसद पद त्याग्ने मुडमा देखिएका छैनन्। उनले सभामुख पदबाट राजीनामा दिदाँ समेत लटरपटर भाषा प्रयोग गरे। न त उनले संविधानको धारा उल्लेख गरेका छन्। न त राजीनामा सभामुख पदबाट दिएको वा सांसद पदबाट दिएको नै खुलाएका छन्।

‘पार्टीले छानबिनमा सहयोग होस् भनेर सभामुख र सांसद पदबाट राजीनामा दिन भनेको हो,’ नेकपाका एक सचिवालय सदस्यले भने, ‘सांसद रहिरहँदा पनि छानबिनमा असर पर्छ भनेर राजीनामा दिन भनिएको हो।’

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले राजीनामा दिन सुझाव दिनुअघि महरासँग टेलिफोनमा कुराकानी गरेका थिए।

महराले फोनमा अध्यक्षद्वयलाई आफूले कुनै महिलालाई भेट्न नगएको बताएका थिए।

जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले, ‘विज्ञप्तीबाटै थाहा भयो नि’ भन्दै जवाफ फर्काएका थिए। महराले आफू आरोप लगाउने महिलालाई भेट्न नगएको बताए लगत्तै ओलीले व्यङ्ग्य गर्दै ‘सुरक्षाकर्मीहरुबाट थाहा भयो’ भन्ने जवाफ दिएका थिए।

नेकपाका एक सचिवालय सदस्यले महरालाई सांसदको हैसियतमा पार्टीले नचिन्ने बताए। ‘उहाँ अब संसदीय दलको बैठकमा निम्त्याइनु हुन्न। किनभने दलले उहाँलाई चिन्दैन’, ती नेताले भने, ‘उहाँले कहाँ राजीनामा दिने भन्ने थाहा नपाएकाले सांसद पदबाट राजीनामा नदिनु भएको होला।’

कुनै सांसद पद छाड्न चाहे सभामुखलाई राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था छ। तर सभामुखले राजीनामा स्वीकार नगर्दासम्म पद रहन्छ। संविधान जारी भए लगत्तै बाबुराम भट्टराईले तत्कालिन सभामुख सुवास नेम्वाङलाई राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएको थियो। तर संविधानको विरोध गर्दै राजीनामा तत्कालिन सद्भावनाका सांसद लक्ष्मणलाल कर्ण लगायतको राजीनामा सभामुखले स्वीकृत गरेका थिएनन्। फलस्वरुप उनीहरुले संविधान जारी भैसकेपछि संसदमा फर्किएका थिए।

महराले राजीनामा नदिए उनलाई राजनीतिक दल सम्बन्धी ऐनको दल त्याग सम्बन्धी व्यवस्था मार्फत् हटाउने तयारी नेकपाको छ। ऐनको दफा ३२ मा दलको केन्द्रीय समितिले कुनैपनि सदस्यलाई दलबाट निस्कासन गर्न सक्ने व्यवस्था रहेको छ। यसरी निस्कासन गरेपछि उनको सांसद पद गुम्नेछ। सेताेपाटीबाट

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मल अभावले पर्साका किसान मारमा, भारतीय बजारबाट महँगोमा किन्न बाध्य

सेढवा । पर्साको ग्रामीण भेगमा चैते धान रोपाइँ गरिरहेका किसानहरू रासायनिक मल अभावका कारण गम्भीर समस्यामा परेका छन्। रोपाइँ गरेको करिब दुई साता बितिसक्दा...

१०० रुपैयाँभन्दा बढी सामानमा कर लगाउने नियमविरुद्ध वीरगंज नाकामा धर्ना

वीरगंज । वीरगंज नाकास्थित शंकराचार्य प्रवेशद्वारमा जनअधिकार पार्टीले आइतबार धर्ना प्रदर्शन गरेको छ। भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार कर तिर्नुपर्ने...

१३ वर्षको प्रतीक्षा अन्त्य: वीरगंजमा मुख्य सडक विस्तार सुरु, २५/२५ मिटरभित्रका संरचना हटाइँदै

वीरगंज । लामो समयदेखि अन्योलमा रहेको त्रिभुवन राजपथअन्तर्गत वीरगंजकाे मुख्य सडक विस्तार कार्य अन्ततः आइतबार बिहानदेखि सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा...