Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

डेलिगेशन गएका नेताहरुको विरुद्ध युवाहरुको बैठक, बिरोध गर्ने

spot_img
spot_img

बीरगंज । वीरगंजको मेन २५/२५ मिटर फराकिलो नबाउने डेलिगेशन गएका नेताहरुको बिरुद्ध शुक्रबार युवाहरु बैठक बसेका छन । त्रिभुवन राजमार्ग अन्र्तगत मकवानपुरदेखी वीरगंजको शंकराचार्य गेट सम्मको सडक फराकिलो नबाउने तर्फ लागेका नेताहरुको बिरुद्ध भेला भएका वीरगंजका युवाहरु युवा संघर्ष समिति गठन गर्ने समेत निर्णय गरेका छन ।

युवाहरुको जमातले बीरगंजको बिकासका निम्ति विकास विरोधीहरुको बिरोध गर्न युवा बिकास संघर्ष समिति गठन गर्ने निर्णय गरेको वीरगंज मुर्लीका युवा अकलेश साहले वताए । नेकपा, कांग्रेस र राजपा पर्साका केही नेताहरुको टोलि केही दिन पहिला भौतिक पुर्वाधार तथा यातायात मन्त्रि रघुविर महासेठ कहां सडक फराकिलो नगर्न डेलिगेसन गए पछि बीरगंजका युवाहरु आक्रोशित भएका छन ।

बैठकले सबै युवाहरुलाई समेटेर सक्रिय रुपमा बिकासतर्फ अग्रसर बनाउने, बिकास बिरोधीहरुको बिरोध तथा भण्डाफोर गर्ने, बीरगंजलाई प्रदेश राजधानी बनाउन संघर्ष गर्ने र नारायणी रंगशालालाई प्रदेश स्तरीय रंगशाला बनाउन संघर्ष गर्ने लगायतका निर्णयहरु समेत गरेको छ ।

युवाहरुले वीरगंजको सडक फराकिलो नगर्न तर्फ लागेकाहरुको बिरुद्ध बिरोध प्रदर्शन गर्ने समेत तयारी गरेका छन ।

बैठकमा महम्मद निजामुदिन, अकलेश साह, महमुद अन्सारी, बिकेश पटेल, लालबाबु यादब, सन्दिप साह, शंभु साह, रामबाबु मण्डल, बाबुनन्द पटेल, रोशन सर्राफ लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...