Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

हजारीमल धर्मशाला हत्याउने प्रयास र सहभागिहरुको पर्दाफास

spot_img
spot_img

वीरगंज । वीरगंजको विवादित हजारीमल धर्मशालाको बिषयमा बुधबार राजपा नेपालले पनि पत्रकार सम्मेलन गरेको छ । यस अघि नेपाली कांग्रेसले पनि पत्रकार सम्मेलन गरी ट्रष्टको नाउमा धर्मशालाको जग्गा हत्याउन खोजिएको वताएको थियो ।

राजपा नेपालको वीरगंज महानगर समितिले धर्मशाला अगाडी नै बुधबार पत्रकार सम्मेलन गरी जाली कागजात र जालसाजी प्रकृयाले हजारीमल धर्मशाला हत्याउन निरन्तर भइरहेको दुष्प्रयास र त्यसमा सहभागिहरुको पर्दाफास गरेको हो ।

पत्रकार सम्मेलनमा वोल्दै राजपाका महासचिव राजेशमान सिंहले २०५८/४/७ मा हजारीमलका नाति किशोरी प्रसाद अग्रवालले हजारी मलका जेठा छोरा गोइत रामको मृत्यु २०३४ सालमा र उनका श्रीमती शान्ति देवीको मृत्यु २०३५ सालमा भएको प्रमाण पत्र २०५८ साल मै लिएको कागजातको प्रतिलिपी देखाउदै मृत्यु भइसकेको गोइतले २०४६/८/२६ गते मालपोत कार्यालय वीरगंजमा पुगी जग्गाको राजिनामा रजिशटेशन कसरी पास गर्यो ।

यसका साथै हाजारीमलको खानदानको बिषयमा हामीले अनुसन्धान गर्दै जादा बारा, पर्साको सम्पती हडप्न उनीहरुले एक अर्कामाथी मुद्दा दिने र पछि मिलापत्र गर्ने तथ्य फेला परेको सिंहले वताए । अर्को तथ्य स्थानिय स्वायत शासन ऐन अनुसार महानगर भित्र कुनै पनि भवन निर्माण गर्न महानगरपालिकाको स्विकृती लिने प्रावधान भए पनि त्यो पनि नलिएको वताए ।

भारतिय व्यक्ति कहिले पनि ट्रष्टको अध्यक्ष हुन नसक्ने वताउदै महासचिव सिंहले प्रमाण देखाउदै भने ‘भारतिय नागरिक रामकृष्ण अग्रवाल ट्रष्टको अध्यक्ष कसरी भईहाल्छन’ । कुनै पनि भवन तोडन ट्रष्टले निर्णय गर्नु पर्ने प्रावधान भए पनि कहां त्यसो निर्णय भएको छ । किन प्रशासन मौन छ सिंहले प्रश्न समेत गरे ।

यस्ता जालसादीको बिषयमा जिल्ला प्रशासन कार्यालयमा २०४३ साल देखी नै उनीहरु माथी मुद्दा पर्ने गरे पनि हाल जिल्ला प्रशासनमा एउटा पनि कागजात नरहेको वताए । महासचिव सिंहले हजारीमल धर्मशालाको जग्गा महानगरपालिका मातहत ल्याउनु पर्ने माग समेत गरे ।

महानगरपालिकाका मेयर विजय कुमार सरावगीले हजारीमल धर्मशालाको सम्पती ट्रष्ट भन्दा महानगरपालिका मातहत किन ल्याउन नचाहेको प्रश्न समेत उनले गरे । हजारीमल धर्मशालाको नाम रहेको सबै सम्पती महानगरपालिका मातहत आउनु पर्ने राजपा नेपालको जोडदार मांग गर्दछ उनले भने ।

हजारीमल धर्मशालाको बिषयमा सर्बदलिय बैठक बसी छानविन गर्न जिल्ला प्रशास कार्यालय पर्सामा ज्ञापन पत्र बुझाए पनि नेपाली कांग्रेस लगायतका दल किन पछाडी हट्यो आफुलाई थाह नभएको सिंहको भनाई थियो । सार्वजनिक सम्पती व्यक्तिको नाममा गर्न प्रशासन र स्थानिय निकाय समेत कुनै ना कुनै रुपमा यसमा भएको षडयन्त्रहरुमा सहभागि भएको उनले आरोप समेत लगाए ।

हजारीमल धर्मशालाको बिषयमा छानविन गर्न आयोगमा दर्ता भएको निवेदन अनुसार सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जांचबुझ आयोगले हजारीमल धर्माथ ट्रष्ट दर्ता सम्बन्धी कागजात जिल्ला प्रशासन कार्यालय पर्सा संग २०७६/०३/१९ गते नै माग गरे ता पनि हाल सम्म दिएको छैन । पछि मिति २०७६/०५/१७ गते कागजात उपलब्ध गराउन जांचबुझ आयोगले ताकेता समेत गरि सकेको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारी विज्ञापन वितरणमा विभेदको विरोधमा पर्साका सञ्चारकर्मीको दोस्रो दिन पनि धर्ना

वीरगंज । सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदकारी तथा स्वेच्छाचारी निर्णय गरिएको भन्दै देशभरका सञ्चारकर्मीहरूले शुक्रबार दोस्रो दिन पनि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना...

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...