Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

प्रियंका भन्छिन् – ‘मैले सलमानलाई धोका दिएको होइनँ´

spot_img
spot_img

नायक सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘भारत’को लागि सुरुमा नायिका प्रियंका चोपडा पक्का भएकी थिइन् । तर, समय नमिलेपछि प्रियंकाले उक्त चलचित्रमा काम गरिनन् र नायिका कट्रिना कैफले चलचित्रमा काम गरिन् ।

यही कुरालाई लिएर ‘भारत’ रिलिजको समयमा सलमानले प्रियंकाले धोका दिएको बताएका थिए । सुटिङ सुरु हुन केही दिन मात्र बाँकी रहँदा प्रियंकाले चलचित्रमा काम नगर्ने भनेपछि सलमान रिसाएका थिए । प्रियंकाले त्यो बेला आफ्नो बिबाहलाई कारण बनाएकी थिइन् ।

सलमानको आरोपमा प्रियंकाले बल्ल जवाफ फर्काएकी छिन् । हाल आफ्नो नयाँ चलचित्र ‘स्काई इज पिंक’को प्रचारमा रहेकी प्रियंकाले सलमानलाई धोका नदिएको बताइन् । उनले भनिन्–‘मैले सलमानलाई धोका दिएको होइनँ । मैले उनीसँग सल्लाहा गरेर नै चलचित्र छाडेको हुँ ।’

उनले सलमान आफ्नो बिबाह पार्टिमा सहभागी भएको कुरा पनि बताएकी छिन् । उनले थपेकी छिन्–‘सलमान हाम्रो बिबाहको पार्टिमा पनि आएका थिए । उनको बहिनी मेरो मिल्ने साथी भएका कारण पनि म उनको घर पुगिरहेकी हुन्छु । हामीबीच कुनै पनि दुश्मनी छैन ।’सलमान मिहिनेती भएको भन्दै प्रियंकाले उनीसँग काम गर्न आफू सधै नै तयार रहने बताइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...